| १. अनुगमन |
|---|
| १.१ परिभाषा
अनुगमन भनेको योजना, आयोजना तथा कार्यक्रमहरुको कार्यान्वयन अवधिभर लागत, समय, प्रतिफल, गुणस्तर जस्ता पक्षलाई निरन्तर निगरानी गरी परि आउने कठिनाइ वा बाधा, व्यवधानहरु बारे ब्यवस्थापनलाई पूर्व जानकारी गराई लक्ष हासिल गर्न मद्दत पुर्याउने एक निरन्तर चलिरहने प्रकृया हो । अनुगमन अर्थात् फर्केर हेर्ने भन्ने सन्दर्भ बुझ्न कोसिस गर्दा कुनै कामको तयारी तथा कार्यान्वयन गर्दा त्यसले निर्धारित उपलब्धि हसिल गर्न सकेको छ कि छैन भनेर हेर्नु अनुगमन हो । अनुगमन कहिले कति पटक कसरी गर्ने भन्ने कुरा कामको किसिममा भर पर्ने हुन्छ । कुनै योजनामा कुनै काम एक पटक मात्र हुन्छ कुनै काम योजना सम्पन्न हुनिबेला सम्म पटकपटक गरिरहनु पर्छ र कुनै काम सम्पन्न भएपछि मात्र अर्को काम सुरु हुन्छ, यस्तो योजनाको अनुगमन गर्दा अन्तिम नतिजा वा हरेक चरणको प्रक्रिया हेर्ने हो त्यसको निधो हुनु पर्छ र अनुगमनमा जानेले के नतिजा वा प्रकृया देखेको हो त्यो योजनाको नतिजा हासिल गर्न कस्तो हुनुपथ्र्यो भन्नि सल्लाह सहितको प्रतिबेदन अनुगमनमा खटाउने पदाधिकारी वा संस्था लाई दिनु पर्दछ । यसरी प्रतिबेदन पाएको आधारमा कमि, कमजोरी भएमा सुधार गर्ने र राम्रो भएकोमा सोलाई निरन्तरता दिने प्रबन्ध गर्नु नै अनुगमन हो । हरेक स्थानीय तहले सञ्चालित योजना, कार्यक्रम, आयोजनाहरूको नियमित अनगुमन गर्ने व्यवस्था मिलाउन पर्ने हुन्छ । |
| १.२ अनुगमनका तहहरु
अनुगमन सामान्यतया तिन तहमा हुन्छः
|
| १.३. अनुगमनका प्रकारहरू
विषय, परिवेश अनुसार अनुगमनका प्रकार निर्धारण हुने भए तापनि सामान्यतया तिन प्रकारका अनुगमन हुने गर्दछन् ।
|
| २. संयुक्त अनुगमन |
|---|
| संयुक्त अनुगमन भन्नाले विभिन्न सरोकारवाला निकायहरूले संयुक्त रुपमा एउटै योजना, आयोजना, परियोजना वा कार्यक्रमको अनुगमन गर्ने प्रक्रिया हो । यसले समन्वय विकास, पारदर्शिता र उत्तरदायित्व बढाउँछ। एकल अनुगमन भन्दा संयुक्त अनुगमनले साझा बुझाइ र सुधारका सिफारिसहरू गर्नाको साथै सबैलाई जिम्मेवारी वोध पनि गराउदछ । यो अभ्यास संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य (vertical coordination) तथा विभागीय सहकार्य (horizontal coordination) मा आधारित हुन्छ।स्थानीय तहको अनुगमन प्रणालीमा यो अभ्यासलाई “Multi-stakeholder Monitoring” पनि भनिन्छ। |
२.१ संयुक्त अनुगमनको महत्व संयुक्त अनुगमनले देहायका देहायका कार्यहरुमा सहयोग पुर्याउछः
|
२.२ संयुक्त अनुगमनको प्रक्रिया
|
| २.३ संयुक्त अनुगमनका चरणहरु
(क) पूर्व तयारी चरणः
(ख) स्थलगत भ्रमण (Field Visit):
(ग) विश्लेषण चरणः
(घ) प्रतिवेदन चरणः
|
| ३. स्थानीय तहमा अनुगमनको व्यवस्था |
|---|
| प्रत्येक स्थानीय तहले योजना तर्जुमाको प्रारम्भदेखि नै प्रभावकारी अनुगमन तथा मूल्याङ्कन संयन्त्रको विकास गर्नुपर्छ । साथै त्यस्तो प्रणाली नतिजामुखी र व्यवस्थापनमा आधारित हुनु पनि उत्तिकै जरुरी हुन्छ । अनुगमन गर्दा गाउँपालिका र नगरपालिकाहरूले कानून बमोजिम योजना, आयोजना तथा परियोजनाको अनुगमन, सुपरिवेक्षण र मूल्याङ्कनको लागि विभिन्न समितिहरू गठन गरी समग्र अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई संस्थागत गर्नु उपयुक्त हुन्छ । स्थानीय सरकार संचालन ऐन, २०७४ ले उपाध्यक्ष वा उपप्रमुखको र वडा अध्यक्ष को काम, कर्तव्य र अधिकारमा योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवदेन बैठकमा पेश गर्नुपर्ने प्रावधान राखेको छ । त्यस्तो अनुगमन तथा सुपरीवेक्षण समितिहरु वडास्तरमा समेत गठन गर्नुपर्छ र वडास्तरका पदाधिकारीहरुलाई संयोजनको जिम्मेवारी दिनुपर्छ । अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक बजेटको व्यवस्था सहित वार्षिक अनुगमन योजना, जिम्मेवार एकाइ, दक्ष कर्मचारी, श्रोत साधनको उचित व्यवस्था गर्नु पर्छ ।
योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सो को प्रतिवेदन कार्यपालिका बैठकमा पेश गर्ने मूल जिम्मेवारी उपाध्यक्ष वा उपप्रमुखको रहेको छ । वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा सम्वन्धित उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने अधिकार वडा समितिमा छ । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने काम वडा अध्यक्षको काम कर्तब्य अधिकार भित्र पर्दछ ।सबै प्रकारका निरीक्षण, सुपरीवेक्षण, अनुगमन र नियमनका लागि तथ्य, सूचना, विवरण आदि आवश्यक पर्छ । यस्ता तथ्य तथ्याङ्क बस्ती तथा वडाहहरु बाट प्राप्त हुने हुँदा वडा समितिहरुले ती तथ्याङ्कहरु सङ्कलन, प्रसोधन अभिलेखीकरण र भण्डारण को व्यवस्थापन गर्नुपर्छ र आवश्यकता र माग अनुसार सम्बन्धित पक्षलाई उपलब्ध गराउनुपर्छ । योजनाको अनुगमन तथा मूल्याङ्कन गर्दा योजनामा निर्धारण भएका पक्षहरुको संलग्नता, कार्य क्षेत्र र रणनीतिका पक्ष तथा सूचकहरुलाई समावेश गर्नु पर्दछ । अनुगमन र मूल्याङ्कन गर्दा अन्य पक्षहरु जस्तै गैससको संलग्नता, सूचकहरुको स्पष्टता र गुणस्तर को मापन लाई समेत आधार लिनु पर्दछ । अनुगमनका क्रममा सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता औजारहरुको प्रयोगबाट प्राप्त नतिजाहरुको विश्लेषण गर्नुपर्छ । विभिन्न निकायको संस्थागत क्षमता, समन्वय र सञ्चालन क्षमताको बिश्लेषण गर्दा सहयोगी संस्था, जनशक्ति, निर्णय गर्ने प्रक्रिया आदिबारे समेत विश्लेषण गर्नु पर्दछ । |
| ४. वातावरणमैत्री स्थानीय शासनका सूचकहरुको अनुगमन | ||||||||
|---|---|---|---|---|---|---|---|---|
योजना वा कार्यक्रमको प्रारम्भ वा परिणाम कुनै पनि अवस्थालाई संख्यात्मक तथा व्याख्यात्मक रूपमा सरल तरिकाबाट मापन गर्ने आधार भनेको सूचक हो । सूचकको आधारमा कार्यक्रम तथा योजनाहरूमा भएको लगानी र क्रियाकलापले ल्याउने परिवर्तनको मापन एवम् सोही आधारमा अनुगमन तथा मूल्याङ्कन गर्न सकिन्छ ।एउटा राम्रो सूचक के मापन गर्ने भन्ने विषयमा सरल र स्पष्ट हुनुपर्छ । त्यसैले वातावरणमैत्री स्थानीय शासनका सूचक अनुगमन गर्दा देहायको विषयलाई ध्यानमा राख्नु पर्दछः
|
||||||||
सूचक अनुगमन नमूना फारम
|
||||||||
वातावरणमैत्री स्थानीय शासन को अनुगमन प्रक्रियामा नागरिक समाज संस्थाको भूमिका
|
| ६. प्रतिवेदन तथा अभिलेख व्यवस्थापन |
|---|
| प्रत्येक योजना, आयोजना तथा कार्यक्रमको जिम्मेवार व्यक्ति वा निकायले मासिक, चौमासिक र बार्षिक रुपमा स्थानीय तहले तोकिदिएको ढाँचामा प्रगति प्रतिबेदन बुझाउनु पर्दछ । अनुगमनको लागि तोकिएको जिम्मेबार समिति, अनुगमन टोली, पदाधिकारी र कर्मचारीले अध्ययन गरी प्रतिबेदनकर्ता लाई अनिबार्य रुपमा पृष्ठपोषण गर्नुपर्दछ । यस्तो पृष्ठपोषणले योजना वा प्रगति प्रतिवेदनमा भएका कमी कमजोरीलाई सुधार गर्ने अबसर मिल्दछ । वडा समितिको काम, कर्तव्य र अधिकारमा मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने व्यवस्था छ । वातावरणमैत्री स्थानीय शासन स्थानीय तहको जिम्मेवारीको विषय भएको हुदा यस सम्वन्धमा भए गरेका कार्यहरुको प्रतिवेदन तयार गर्ने, गराउने, समिक्षा गर्ने र प्राप्त उपलव्धिको प्रचार, प्रसार तथा अन्य क्षेत्रमा विस्तार गर्ने कार्य गर्नु पर्दछ । |
| ६. प्रतिबेदनको ढाचा, बिधि, प्रक्रिया |
|---|
नियमित प्रगति प्रतिवेदन (Regular Progress Report) को ढाँचा
|
| ७. मूल्याङ्कन (Evaluation) | ||||||||
|---|---|---|---|---|---|---|---|---|
| मूल्याङ्कन भनेको कुनै पनि योजना, आयोजना, कार्यक्रम सम्पन्न भएपछि लक्ष्य वमोजिमको कार्य भयो वा भएन अपेक्षित प्रतिफल प्राप्त भयो भएन भनि अध्ययन गर्ने विधि हो । योजना, आयोजना, कार्यक्रम कार्यान्वयन सम्पन्न भैसकेपछि मात्र मूल्याङ्कन गरिन्छ । सामान्यतया आयोजना कार्यान्वयनमा संलग्न नरहेका निकायबाट मूल्याङ्कन गरिन्छ । आन्तरिक प्रयोजनका लागि कार्यान्वयन गर्ने निकाय आफैले योजना तथा कार्यक्रमको मूल्याङ्कन गर्ने प्रचलन छ । मूल्याङ्कन गर्दा सहभागितामुलक पद्धति अवलम्वन गर्ने गरिन्छ । मूल्याङ्कनको उद्देश्य योजना र कार्यक्रमको उपलव्धि, प्रभावकारिता, दक्षता र दिगोपन मापन गर्नु हो। | ||||||||
मूल्याङ्कनका किसिम
|
||||||||
मूल्याङ्कन विधि (नमूना)
|