समयः ९० मिनेट
साधारण उद्देश्यः यस सत्रको अन्तमा सहभागीहरुले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कसरी कार्यान्वयन गर्ने बारे कार्ययोजना तयार भएको हुनेछ ।
निर्दिष्ट उद्देश्यः सत्रको अन्तमा सहभागीहरुले

  • सिकाई कार्यान्वयन गर्ने बारे कार्ययोजना तय गर्न सक्नेछन् ।
  • समग्र प्रशिक्षणको सिकाई उपलव्धी मूल्याकङ्न गर्न सक्नेछन् ।
  • प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समापन हुनेछ ।
सत्रका मुख्य विषयवस्तुः
  • कार्य योजना प्रस्तुति
  • प्रशिक्षण अपेक्षा पुनरावलोकन
  • प्रशिक्षणको संक्षेपीकरण
  • प्रशिक्षण पश्चात जानकारी
  • प्रशिक्षण मूल्याङ्कन
  • प्रशिक्षण समापन
प्रशिक्षण – सिकाई क्रियाकलाप अवधि मिनेट प्रशिक्षण – सिकाई सामाग्री कैफियत
क्रियाकलाप १ सहभागीहरुको ध्यानाकर्षण

  • सहभागीहरु सवैलाई उठ्न लगाउनुहोस् ।
  • सवैलाई ताली वजाउन लगाउनुहोस् र ध्यानाकर्षण गर्नुहोस् ।
३ मिनेट
क्रियाकलाप २ सत्रको नाम, उद्देश्य र विषयवस्तु

  • सत्रको नाम, उद्देश्य, विषयवस्तु र समय अवधि वताउनुहोस् ।
३ मिनेट स्लाइड प्रस्तुति पावर प्वाइन्ट स्लाइड
क्रियाकलाप ५ कार्ययोजना प्रस्तुतिकरण

  • कार्ययोजना प्रस्तुत गर्न लगाउनुहोस् ।
  • प्रस्तुतिकरणमा केही थपघट गर्नु पर्ने भए गर्न लगाउनुहोस् ।
  • यो योजना लेख्न मात्र नभै कार्यान्वयन गर्नुपर्छ भनी वताउनुहोस् ।
४० मिनेट लघु प्रवचन
क्रियाकला ६ सत्र संक्षेपीकरण

  • सहभागीहरुको केही जिज्ञासाहरु भए समेट्दै यस सत्रमा गरिएका कार्यहरुलाई समेट्दै संक्षेपीकरण गर्नुहोस् ।
५ मिनेट लघु प्रवचन
क्रियाकलाप ७ सत्र मूल्यांकन

  • यस सत्रमा राखिएका निर्दिष्ट उद्देश्यहरु हासिल भए कि भएनन् भनेर थाहा पाउनको लागि सहभागीहरुलाई
  • निम्न प्रश्नहरु गर्नुहोस् ।
    • कार्ययोजना भनेको के हो
    • कार्ययोजनामा के के विषयहरु हुन्छन्
    • अहिले तयार गरिएको कार्ययोजनामा के के क्रियाकलापहरु राखियो
५ मिनेट लघु प्रवचन
क्रियाकलाप ८ प्रक्षिणको पश्चात जानकारी र मूल्याङ्कन

  • सहभागीहरुलाई प्रशिक्षण पश्चात्को फाराम वितरण गरी भर्न अनुरोध गर्नुहोस् ।
  • सहभागीहरुलाई प्रशिक्षणको मूल्याङ्कनको लागि तयार गरिएको प्रशिक्षण मुल्याङ्कन फाराम वितरण गरी भर्न लगाउनुहोस् ।
  • सहभागीहरुलाई आवश्यकता परेमा फारामहरु भर्न सहजीकरण गर्नुहोस् ।

प्रक्षिणको संक्षेपीकरण र अग्रसम्वन्ध

  • प्रशिक्षकले प्रशिक्षण अवधिभर छलफल भएका विषयवस्तुहरुलाई संक्षिप्त रुपमा स्मरण गराउनुहोस् ।
  • सहभागीहरुबाट आएको अपेक्षाहरुको पुनरावलोकन गर्दै प्रशिक्षणमा समेटिएका र नसमेटिएका विषयवस्तुहरुको जानकारी गराउनुहोस् ।
  • सहभागीहरुलाई सक्रिय सहभागिताको लागि धन्यवाद दिदै प्राविधिक सत्रहरु समाप्त भएको भन्दै अव यस पछि समापन कार्यक्रम हुनेछ भनी सत्र अन्त्य गर्नुहोस् ।
१५ मिनेट फारामहरु
तालिम समापन
  • तालिमसँग सम्बन्धित सिकाई बारे तीन जना सहभागी (महिला, पुरुष, दलित) लाई एक एक मिनेटको समय दिई बोल्न लगाउने ।
  • तालिम संयोजकलाई तालिममा गरिएको अपेक्षा र सहभागीहरुले हासिल गरेको ज्ञान सीपको मूल्यांकन सहित छोटो मन्तव्य दिन लगाउने ।
  • प्रमाणपत्र वितरण ।
  • अतिथिहरुको मन्तव्य ।
  • धन्यवाद ज्ञापन र समापन ।