Presentation
१. सत्र शीर्षक वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन कार्य योजना (Action Plan) तयारी ।
२. अवधि १ घण्टा ३० मिनेट (अभ्यास सहित) ।
३. लक्ष्य/उद्देश्यहरू सत्र समाप्तिमा सहभागीले:

  • वातावरणमैत्री स्थानीय शासन का Thematic Area र Cross-cutting क्षेत्रका सूचकहरूको समीक्षा गर्न सक्ने।
  • आफ्नो स्थानीय तहको वास्तविक अवस्था (Baseline) पहिचान गर्न सक्ने।
  • प्राथमिकता कार्यक्रम, गतिविधि, जिम्मेवारी, समयसीमा र स्रोतसाधनसहित EFLG कार्य योजना तयार गर्न सक्ने।
४. आवश्यक सामग्री
  • फ्लिपचार्ट, मार्कर ।
  • सूचकहरूको सूची (Handout) ।
  • स्थानीय तहका अस्तित्वमा रहेका योजना/नीतिहरू ।
  • म्याट्रिक्स टेम्प्लेट (Action Plan Matrix) ।
५. सत्र सञ्चालन विधि (Step-by-step)
  • परिचय र उद्देश्य (५-१०  मिनेट)
    • सहभागीहरुलाई अध्यासको उद्देश्यहरु वारे जानकारी दिने ।
    • वातावरणमैत्री स्थानीय शासन कार्य योजना किन आवश्यक? (कानूनी, संस्थागत, बजेट, सूचक मापन)? जानकारी दिने ।
  • सूचकहरूको समीक्षा (१० मिनेट)
    • सहभागीलाई समूहमा विभाजन गरी सूचकहरू Review गराउने ।
  • आधार अवस्था (१५ मिनेट)
    • प्रत्येक समूहले आफ्नो क्षेत्रको आधार अवस्था लेख्ने ।
    • समस्या र सम्भावना प्रस्तुत गर्ने ।
  • प्राथमिकता निर्धारण (१० मिनेट)
    • SMART अनुशरण ।
  • कार्य योजना विकास (४५ मिनेट)

समूहगत रूपमा निम्न म्याट्रिक्स भर्ने:

गतिविधि उद्देश्य प्रमुख कार्यहरू जिम्मेवार निकाय स्रोत (मानव/वित्तीय) समय सीमा सूचक/मापन विधि

मार्गदर्शन

  • एक गतिविधि = ठोस, मापन योग्य ।
  • स्थानीय तहका विद्यमान योजना/बजेटसँग मिलाइने ।
  • Gender, Inclusion, Climate Risk समावेश गर्ने ।
६. सहजकर्ताको भूमिका
  • मार्गदर्शन, समय व्यवस्थापन ।
  • सहभागीबाटै विचार र गतिविधि निकाल्ने ।
  • सूचकहरू बुझाउन सहयोग गर्ने ।
  • Action Plan लाई स्थानीय तहको Context अनुसार मिलाउने ।