समयः ९० मिनेट
१.अवधारणा (Concept of EFLG Mainstreaming)
वातावरणमैत्री स्थानीय शासन मूलप्रवाहीकरण भन्नाले वातावरणमैत्री, दिगो र समावेशी शासनका सिद्धान्तहरूलाई स्थानीय तहका साथै संघ तथा प्रदेश सरकारका योजनाहरू, कार्यक्रमहरू र सेवा वितरण प्रक्रियामा मुख्य बिषय (core) का रूपमा समाहित गर्नु भन्ने बुझिन्छ।यसको उद्देश्य वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, विपद्  जोखिम न्यूनीकरण,  दिगो स्रोत प्रयोग, जलवायु अनुकूलन र सामाजिक समावेशीकरणलाई विकासको मूल अङ्ग बनाउनु हो।

मुख्य विशेषताहरू:

  1. समग्र विकास प्रक्रियामा समावेशीकरण – सबै योजना र कार्यक्रम बनाउदा  वातावरणमैत्री स्थानीय शासन का सूचकहरुलाई समेत मध्यनजर गरि बनाउन प्रेरित गर्ने  ।
  2. स्रोत र बजेटमा एकीकृत रणनीति – हरित पूर्वाधार, फोहर व्यवस्थापन, सरसफाई, जलवायु अनुकूलन जस्ता कार्यक्रम संचालन गर्न आवस्यक स्रोत व्यवस्थापन गर्ने तथा बार्षिक बजेटमा स्पष्ट कार्यक्रम समावेश गर्ने ।
  3. समुदाय र निजी क्षेत्रको सहभागिता – CSR, NGOs, टोल–समुदाय र परिवारको सक्रिय भूमिका वातावरणमैत्री स्थानीय शासन को मुलप्रवाहिकरणको माध्यमबाट बृद्दि हुन्छ ।
२.फाइदा (Benefits of EFLG Mainstreaming)
स्थानीय तहदेखि संघीय तहसम्मका नीति तथा कार्यक्रमहरूमा वातावरणमैत्री स्थानीय शासन लाई मुख्यधारमा (mainstreaming) ल्याउनु अहिलेको सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ। यसले विकासलाई वातावरणीय दिगोपन, सामाजिक समावेशिता र आर्थिक प्रभावकारितासँग जोड्दछ। तल यसको विस्तृत फाइदाहरू ब्याख्यात्मक रूपमा प्रस्तुत गरिएको छ:

१. दिगो विकास सुनिश्चित सबै तहका नीति, कार्यक्रम र बजेटमा वातावरणमैत्री स्थानीय शासन लाई विचार गरेर  समावेश गर्दा विकासका कार्यक्रमहरू केवल भौतिक पूर्वाधारमा सीमित नरही दीर्घकालीन दिगोपन (sustainability) मा केन्द्रित हुन्छन्। प्राकृतिक स्रोत (पानी, वन, माटो) को संरक्षण हुन्छ, भावी पुस्ताका लागि स्रोतहरू सुरक्षित रहन्छन् , अल्पकालीन लाभभन्दा दीर्घकालीन प्रभावलाई प्राथमिकता दिइन्छ ।

२. वातावरण संरक्षण र प्रदूषण नियन्त्रण नीति तथा कार्यक्रममा वातावरणमैत्री स्थानीय शासन राख्दा वातावरणीय पक्ष स्वतः समेटिने हुँदा फोहोर व्यवस्थापन सुधार हुन्छ, हावा, पानी, माटो प्रदूषण घट्छ , हरियाली क्षेत्र (green space) बढ्छ । यसले शहर तथा गाउँ दुवै क्षेत्रमा स्वस्थ वातावरण निर्माण गर्छ ।

३. जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण वातावरणमैत्री स्थानीय शासन ले जलवायु परिवर्तन (Climate Change) का असरहरूलाई सम्बोधन गर्न मद्दत गर्छ।बाढी, पहिरो, सुख्खा जस्ता विपद् न्यूनीकरण , कार्बन उत्सर्जन घटाउने कार्यक्रमहरू (जस्तै: नवीकरणीय ऊर्जा), जलवायु अनुकूल कृषि र पूर्वाधार विकास  जस्ता वातावरणमैत्री स्थानीय शासन ले तय गरेका सूचकहरु हाशिल गर्ने गरि कार्यक्रम अगाडी बढाउदा स्थानीयस्तरमा जलवायु अनुकुलन क्षमतामा सुधार आउने र नकारात्मक असरबाट बच्न सहयोग पुग्छ ।

४. सेवा प्रवाहमा गुणस्तर सुधार वातावरणमैत्री स्थानीय शासन लागू गर्दा स्थानीय तहका सेवा (पानी, सरसफाइ, सडक, ऊर्जा) थप व्यवस्थित हुन्छन्।नागरिकमैत्री र वातावरणमैत्री सेवा, लागत घट्ने र दक्षता बढ्ने , सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता बढ्ने  जस्ता कारणले नागरिकको सन्तुष्टिमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

५. स्वास्थ्यमा सकारात्मक प्रभाव स्वच्छ वातावरणले प्रत्यक्ष रूपमा जनस्वास्थ्यमा सुधार ल्याउँछ।पानीजन्य रोग, श्वासप्रश्वास रोग घट्ने, सरसफाइ सुधार हुँदा संक्रमण कम हुने ,स्वस्थ जीवनशैली प्रवर्द्धन  हुन्छ ।

६. आर्थिक लाभ र रोजगारी सिर्जना वातावरणमैत्री स्थानीय शासन ले “हरित अर्थतन्त्र (Green Economy)” को विकासमा सहयोग गर्छ।हरित प्रविधि (जस्तै: सौर्य ऊर्जा, बायोग्यास,कम्पोस्ट मल) बाट थप रोजगारी, पर्यटन प्रवर्द्धन (eco-tourism), स्रोतको दक्ष प्रयोगले खर्च बचत जस्ता कारणले आर्थिक अवसर र रोजगारी सृजनामा मद्दत पुग्छ । फोहरको बर्गिकरण, पुन:प्रयोग, पुन:चक्रण जस्ता कामले Circular Economy प्रवर्द्धन हुन्छ ।

७. सुशासन र संस्थागत क्षमता अभिवृद्धि वातावरणमैत्री स्थानीय शासन मूलप्रवाहिकरण गर्दा संस्थागत संरचना बलियो बन्छ।नीति निर्माणमा वैज्ञानिक आधार , योजना, कार्यान्वयन र अनुगमनमा सुधार तथा स्थानीय तहको क्षमता (capacity building) वृद्धि भै समग्र सस्थागत क्षमतामा सुधार आउछ ।

८. समावेशी विकास (Inclusive Development) वातावरणमैत्री स्थानीय शासनले महिला, दलित, विपन्न वर्ग लगायत सबैलाई समेट्ने प्रयास गर्छ।समान पहुँच र सहभागिता सुनिश्चित, सामाजिक न्याय प्रवर्द्धन, समुदायको स्वामित्व बढ्ने हुँदा संविधानले आत्मसात गरेको समावेशी विकास हाशिल गर्न समेत मद्दत पुग्छ ।

९. विपद् जोखिम न्यूनीकरण (DRR) वातावरणमैत्री योजना बनाउँदा विपद् जोखिम कम हुन्छ।सुरक्षित पूर्वाधार निर्माण, जोखिम संवेदनशील भू-उपयोग योजना, समुदायस्तरमा तयारी (preparedness)  जस्ता कारणले विपद जोखिम कम हुन्छ ।

१०. अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न सहयोग देशले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न मद्दत गर्छ, जस्तै: United Nations का Sustainable Development Goals (SDGs), Paris Agreement अन्तर्गत जलवायु लक्ष्यहरू, Sendai Protocol आदि ।

११. योजना निर्माणमा एकीकृत दृष्टिकोण विभिन्न क्षेत्र (कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा) लाई एकीकृत गर्छ।sectoral fragmentation कम हुन्छ , बहुआयामिक (multi-sectoral) योजना सम्भव हुन्छ, समग्र विकासको दृष्टिकोण बलियो हुन्छ ।

१२. स्थानीय पहिचान र स्रोतको संरक्षण स्थानीय तहले आफ्नो विशेषता अनुसार विकास गर्न सक्छ।स्थानीय जैविक विविधता संरक्षण, परम्परागत ज्ञान (indigenous knowledge) को उपयोग, सांस्कृतिक सम्पदाको संरक्षण जस्ता कार्यहरु वातावरणमैत्री स्थानीय शासनमा समेटिएका छन् ।

वातावरणमैत्री स्थानीय शासन लाई नीति तथा कार्यक्रममा मूलप्रवाहिकरण गर्नु भनेको केवल वातावरण जोगाउनु मात्र होइन, दिगो, समावेशी र प्रभावकारी विकासको आधार निर्माण गर्नु हो। यसले स्थानीयदेखि राष्ट्रिय तहसम्म शासन प्रणालीलाई थप जिम्मेवार, पारदर्शी र भविष्यउन्मुख बनाउँछ।

३.वातावरणमैत्री स्थानीय शासन मूलप्रवाहिकरण: अवसर र चुनौतीहरू
वातावरण संरक्षण, सामाजिक समावेशिता र आर्थिक विकासबीच सन्तुलन कायम राख्न वातावरणमैत्री स्थानीय शासन लाई नीति तथा कार्यक्रममा मूलप्रवाहीकरण गर्नु अत्यन्त आवश्यक छ। यसले शासन प्रणालीलाई दिगोपनतर्फ उन्मुख गराउँछ।

वातावरणमैत्री स्थानीय शासन  मूलप्रवाहीकरण का प्रमुख अवसरहरू

१. दिगो विकासको आधार निर्माण वातावरणमैत्री स्थानीय शासन ले प्राकृतिक स्रोतको संरक्षण गर्दै विकासलाई दीर्घकालीन बनाउने आधार तयार गर्दछ। प्राकृतिक स्रोत साधनको दिगो एबम वातावरणमैत्री उपयोग गर्दै भविष्यका पुस्तालाई समेत यो हाम्रो पृथ्वी सहि अवस्थामा नै हस्तान्तरण गर्न हाम्रा सबै भौतिक, आर्थिक, सामाजिक पूर्वाधार विकास गर्दा वातावरणीय पक्षलाई ध्यान दिन आवस्यक छ । ध्यान दिने सरल र नतिजा सूचक वातावरणमैत्री स्थानीय शासन मा समावेश छन् ।

२. जलवायु परिवर्तनसँग जुध्ने क्षमता वृद्धि जलवायु परिवर्तनको कारण बिस्वब्यापी रुपमा परेको तापक्रम वृद्धि, बाढी, पहिरो र सुख्खा जस्ता नकारात्मक असरबाट जोगिन स्थानीय तहलाई सक्षम बनाउँदै जलवायु अनुकूलन क्षमता बढाउँछ।

३. हरित अर्थतन्त्र (Green Economy) प्रवर्द्धन स्थानीय तहका साथै अन्य तहका सरकारहरु, निजि एबम गैर सरकारी क्षेत्र, घरपरिवार तह देखि समुदाय सम्म सबैले वातावरणीय पक्षमा ध्यान दिने र जिम्मेवारी समेत स्पष्ट किटान भएकोले हरित अर्थतन्त्र प्रबर्द्धन गर्न वातावरणमैत्री स्थानीय शासन ले सहयोग गर्छ । सौर्य ऊर्जा, बायोग्यास र eco-tourism जस्ता क्षेत्रमा लगानी बढाई रोजगारी र आयका नयाँ अवसर सिर्जना गर्दछ।

४. सुशासन र पारदर्शिता प्रवर्द्धन निर्णय प्रक्रियालाई प्रमाणमा आधारित बनाउँदै सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहिता बढाउँछ।

५. सेवा प्रवाहमा गुणस्तर सुधार पानी, सरसफाइ र फोहोर व्यवस्थापन जस्ता सेवाहरूलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउँछ।

६. समावेशी विकासको अवसर महिला, दलित र विपन्न वर्गको सहभागिता सुनिश्चित गर्दै समान अवसर र सामाजिक न्याय प्रवर्द्धन गर्छ।

७. अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने माध्यम वातावरणमैत्री स्थानीय शासन ले United Nations का दिगो विकास लक्ष्यहरू (SDGs) का साथै वातावरण, विपद र जलवायु परिवर्तन संग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुर्‍याउँछ।

वातावरणमैत्री स्थानीय शासन  मूलप्रवाहीकरणका प्रमुख चुनौतीहरू

१. सीमित स्रोत र बजेट मुलत: आधारभूत पूर्वाधार बिकासको चरणमा हाम्रो विकास प्रयासहरु अगी बढिरहेका छन् । वातावरणीय सम्बेदनशिलातालाई ध्यान दिन केहि थप वित्तीय स्रोत र थप ज्ञान शिप पनि आवस्यक छ ।यस्तो अवस्थामा पर्याप्त बजेटको अभावले वातावरणमैत्री कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन बनाउँछ।

२. प्राविधिक जनशक्ति अभाव हाम्रा अधिकांस स्थानीय तहमा दक्ष प्राबिधिक जनशक्तिको कमि छ । दक्ष प्राविधिक जनशक्ति नहुँदा वातावरणीय योजना निर्माण र कार्यान्वयनमा समस्या आउँछ।वातावरणीय पक्ष बुझ्न थप ज्ञान र शिप आवस्यक पर्छ । हरेक पूर्वाधार र क्षमता विकास कार्यमा यो बिषय समावेश गर्न दक्ष जनशक्तिको व्यवस्थापन चुनौतिपूर्ण छ ।

३. संस्थागत समन्वयको कमजोरी संघ, प्रदेश र स्थानीय तहबीच, स्थानीय/स्थानीय तहबीच, स्थानीय तह र जिल्ला समन्वय समिति बीच, विकास साझेदार बीच तथा स्थानीय तह र निजि क्षेत्र बिच प्रभावकारी समन्वय नहुँदा नीति कार्यान्वयनमा दोहोरोपन र कमजोरी देखिन्छ। वातावरणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यन्वयन गर्न स्थानीय तहको नेतृत्वमा प्रभावकारी समन्वय हुनु आवस्यक छ जुन निकै कठिन छ ।

४. चेतना र व्यवहारमा कमी जनस्तरमा वातावरणीय सचेतना कम हुँदा नीति कार्यान्वयनमा अपेक्षित सहयोग प्राप्त हुन सक्दैन।व्यवहार परिवर्तन नभईकन वातावरणमैत्री स्थानीय शासन  को लक्ष प्राप्ति सम्भव छैन ।

५. नीति कार्यान्वयनमा कमजोरी राम्रा नीतिहरू बने पनि कार्यान्वयन र अनुगमन  प्रभावकारी नहुँदा अपेक्षित परिणाम प्राप्त हुँदैन।हामीकहाँ नीतिगत, र कानूनी व्यवस्था हेर्दा संसारमै राम्रो पो हो कि जस्तो लाग्छ तर कार्यन्वयन तर्फ साह्रै धेरै कमजोरी छन् ।यसमा सुधार आवस्यक छ ।

६. राजनीतिक प्राथमिकतामा कमी राजनीतिक तहबाट वातावरणीय मुद्दालाई कम प्राथमिकता दिँदा दीर्घकालीन योजना कमजोर हुने सम्भावना रहन्छ।राजनीतिक तहमा यो बिषय प्राथमिकतामा पार्ने अर्को ठुलो चुनौती छ ।

७. तथ्यांक र सूचना अभाव विश्वसनीय तथ्यांकको अभावले evidence-based योजना निर्माणमा चुनौती उत्पन्न गर्छ।व्यवस्थित तथ्यांक राख्ने र त्यसको प्रयोग गर्ने सस्थागत परिपाटी बसेकै छैन ।तथ्यांक व्यवस्थापन अर्को चुनौती हो ।

समाधानका उपायहरू (संक्षेपमा)

  • क्षमता विकास: प्राविधिक ज्ञान र सीप अभिवृद्धि गर्न तालिम आवश्यक हुन्छ।
  • बजेट सुनिश्चितता: वातावरणीय कार्यक्रमका लागि पर्याप्त स्रोत विनियोजन गर्नुपर्छ।
  • समन्वय सुधार: तीन तहबीच र अन्तरतह सहकार्य मजबुत बनाउनुपर्छ।
  • जनचेतना: व्यवहार परिवर्तनका लागि जनस्तरमा अभियान सञ्चालन गर्नुपर्छ।

वातावरणमैत्री स्थानीय शासन  मूलप्रवाहीकरण ले विकासलाई दिगो, समावेशी र प्रभावकारी बनाउने अवसर प्रदान गर्दछ, तर यसका चुनौतीहरूलाई सम्बोधन नगरी यसको पूर्ण लाभ लिन सम्भव हुँदैन।

“वातावरणमैत्री शासन नै दिगो भविष्यको आधार हो।”

४. SDG लाई वातावरणमैत्री स्थानीय शासन मा मूलप्रवाहीकरण गर्ने विधि :
दिगो विकास लक्ष्य (SDGs) लाई व्यवहारमा उतार्न स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। त्यसका लागि EFLG जस्तो प्रारूपमा SDG लाई समेटेर योजना बनाउँदा विकासलाई वातावरणमैत्री, समावेशी र दिगो बनाउन सकिन्छ। “SDG = लक्ष्य, EFLG = कार्यान्वयनको प्रभावकारी माध्यम” EFLG र SDG बीचको समन्वय

SDG क्षेत्र EFLG फोकस
SDG 6 (Water) सुरक्षित पानी, सरसफाइ
SDG 11 (City) हरित पूर्वाधार
SDG 13 (Climate) जलवायु अनुकूलन
SDG 15 (Land) वन तथा जैविक विविधता संरक्षण

राष्ट्रिय योजना आयोगले SDG localization का लागि मुख्य रूपमा निम्न दृष्टिकोण अघि सारेको छ:

  • SDG लाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्ने
  • स्थानीय योजना, बजेट र कार्यक्रममा समावेश गर्ने
  • मापनयोग्य सूचक (indicators) विकास गर्ने
  • अनुगमन र मूल्यांकन प्रणाली स्थापना गर्ने

SDG लाई वातावरणमैत्री स्थानीय शासन मा मूलप्रवाहीकरण गर्ने चरणहरू १. SDG Mapping Prioritization

  • के गर्ने? स्थानीय तहले SDGs (१७ वटा लक्ष्य) लाई आफ्नो सन्दर्भअनुसार पहिचान र प्राथमिकता निर्धारण गर्ने।सबै SDG एकैचोटि कार्यान्वयन गर्न सम्भव हुँदैन, त्यसैले स्थानीय आवश्यकता (जस्तै: फोहोर व्यवस्थापन, पानी, कृषि) अनुसार प्राथमिकता तय गर्नुपर्छ।
  • उदाहरण: कुनै पालिकाले SDG 6 (Clean Water) र SDG 13 (Climate Action) लाई प्राथमिकता दिन सक्छ।यसलाई EFLG अन्तर्गत “सुरक्षित खानेपानी” र “हरित पूर्वाधार” कार्यक्रममा जोडिन्छ।

२. Baseline Data Collection

  • के गर्ने? हालको अवस्था (baseline) को तथ्यांक संकलन गर्ने।SDG प्रगति मापन गर्न सुरुवाती अवस्था थाहा हुनुपर्छ, जसले योजना बनाउँदा यथार्थपरक लक्ष्य निर्धारण गर्न मद्दत गर्छ।
  • उदाहरण: कति घरमा शुद्ध पानी छ? कति प्रतिशत फोहोर पुनःप्रयोग हुन्छ?

३. Policy & Plan Integration

  • के गर्ने? SDG लक्ष्यहरूलाई स्थानीय नीति, आवधिक योजना र वार्षिक कार्यक्रममा समावेश गर्ने।EFLG framework प्रयोग गरेर SDG लाई सबै sector (कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार) मा एकीकृत गरिन्छ।
  • उदाहरण: पालिकाको वार्षिक कार्यक्रममा “हरित सडक निर्माण” (SDG 11) समावेश गर्नु, कृषि कार्यक्रममा “जैविक खेती” (SDG 2 + EFLG) समावेश गर्नु आदि ।

४. Budget Alignment (SDG Budgeting)

  • के गर्ने? SDG र EFLG प्राथमिकताअनुसार बजेट विनियोजन गर्ने।बजेट बिना योजना कार्यान्वयन सम्भव हुँदैन, त्यसैले SDG आधारित EFLG बजेट कोडिङ (tagging) गर्न सकिन्छ ।
  • उदाहरण: फोहोर व्यवस्थापन परियोजनालाई SDG 11 र EFLG अन्तर्गत बजेट छुट्याउने, renewable energy परियोजनामा लगानी गर्ने ।

५. Institutional Arrangement

  • के गर्ने? EFLG–SDG कार्यान्वयनका लागि संस्थागत संरचना तयार गर्ने।समिति, फोकल पर्सन, र समन्वय संयन्त्र स्थापना गरेर जिम्मेवारी स्पष्ट गर्नुपर्छ।
  • उदाहरण:“EFLG Coordination Committee” गठन, SDG focal person तोक्ने

६. Capacity Development

  • के गर्ने? जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिने।SDG र EFLG बुझाइ बिना प्रभावकारी कार्यान्वयन सम्भव हुँदैन।
  • उदाहरण: जलवायु परिवर्तन, हरित पूर्वाधार सम्बन्धी तालिम, योजना निर्माणमा SDG integration प्रशिक्षण ।

७. Implementation (कार्यक्रम सञ्चालन)

  • के गर्ने? EFLG framework अनुसार SDG लक्षित कार्यक्रम कार्यान्वयन गर्ने।नीति र योजना व्यवहारमा उतार्ने चरण हो, जहाँ वातावरणमैत्री अभ्यास अनिवार्य हुन्छ।
  • उदाहरण: हरित पार्क निर्माण (SDG 11 + EFLG), सौर्य बत्ती जडान (SDG 7) ।

८. Monitoring & Evaluation (M&E)

  • के गर्ने? SDG indicators अनुसार नियमित अनुगमन गर्ने।प्रगति मापन, कमजोरी पहिचान र सुधारका लागि M&E प्रणाली अत्यन्त आवश्यक हुन्छ।
  • उदाहरण: वार्षिक SDG प्रगति प्रतिवेदन तयार गर्नु, environment scorecard प्रयोग गर्नु

९. Reporting & Learning

  • के गर्ने? प्रगति रिपोर्टिङ र सिकाइ आदान–प्रदान गर्ने।सफल अभ्यासहरू दस्तावेजीकरण गरी अन्य स्थानीय तहको पहुच हुने गरि  सार्बजनिक  गर्नुपर्छ।
  • उदाहरण: असल र सफल अभ्यास  प्रकाशन, अन्तरपालिका अनुभव आदान–प्रदान ।

SDG लाई EFLG मा mainstream गर्नु भनेको लक्ष्यलाई व्यवहारमा उतार्ने प्रभावकारी माध्यम हो। यसले स्थानीय तहलाई दिगो, वातावरणमैत्री र समावेशी विकास तर्फ अग्रसर गराउँछ।

निचोड

“SDG लक्ष्य हासिल गर्न EFLG नै व्यवहारिक बाटो हो।”

५. वातावरणमैत्री स्थानीय शासन सूचकहरूको आवधिक तथा वार्षिक योजनामा वातावरणमैत्री स्थानीय शासन मा मूलप्रवाहीकरण
वातावरणमैत्री विकास सुनिश्चित गर्न स्थानीय तहका योजना तथा कार्यक्रमहरूमा वातावरणमैत्री स्थानीय शासन सूचकहरू (indicators) लाई व्यवस्थित रूपमा समावेश गर्नु अपरिहार्य छ। यसले योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म वातावरणीय पक्षलाई एकीकृत गर्छ। “EFLG सूचकहरूलाई योजनामा नसमेटेसम्म वातावरणमैत्री शासन व्यवहारमा आउँदैन।” नीतिगत तथा कानुनी आधार १. संवैधानिक आधार

  • स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक
  • स्थानीय तहलाई योजना निर्माण र कार्यान्वयनको अधिकार

२. स्थानीय सरकार सञ्चालन ऐन, २०७४

  • स्थानीय तहलाई आवधिक तथा वार्षिक योजना बनाउने अधिकार
  • वातावरण संरक्षण, सरसफाइ, फोहोर व्यवस्थापनको जिम्मेवारी स्पष्ट रुपमै स्थानीय तहको

३. वातावरण संरक्षण ऐन, २०७६

  • विकास आयोजनामा वातावरणीय प्रभाव मूल्यांकन (EIA/IEE) अनिवार्य
  • वातावरणीय मापदण्ड पालना

४. राष्ट्रिय योजना आयोगको मार्गदर्शन

  • SDG localization guideline
  • आवधिक योजना निर्माण निर्देशिका

५. EFLG Framework / Guidelines

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सबै स्थानीय तहले अनिवार्य रुपमा कार्यन्वयन गर्न निर्देशन
  • स्थानीय तहका लागि २३४ वटा  EFLG सूचक (जस्तै: सरसफाइ, हरियाली, ऊर्जा, शासन)

वातावरणमैत्री स्थानीय शासन मा मूलप्रवाहीकरण गर्ने चरणबद्ध विधि १. EFLG सूचकहरूको पहिचान र वर्गीकरण

  • के गर्ने? EFLG framework अनुसार सूचकहरू (indicators) पहिचान गरी  सूचकहरूलाई वातावरण, सामाजिक, आर्थिक र संस्थागत, शासकीय  क्षेत्र अनुसार छुट्याउँदा योजना निर्माण सजिलो हुन्छ।कार्यन्वयनमा सजिलोको लागि स्थानीय तहमा रहेका समिति अनुसार छुट्याउनु उपयुक्त हुन्छ ।
  • उदाहरण: 
    • वातावरण: हरियाली क्षेत्र (%)
    • सेवा: सुरक्षित खानेपानी पहुँच (%)
    • शासन: पारदर्शिता सूचक

२. Baseline निर्धारण

  • के गर्ने? प्रत्येक सूचकको हालको अवस्था (baseline value) निर्धारण गर्ने।यसले लक्ष्य निर्धारण र प्रगति मापन गर्न आधार तयार गर्छ।
  • उदाहरण: हाल ६०% घरमा मात्र सुरक्षित पानी छ भने baseline = ६०%

३. आवधिक योजनामा एकीकरण (Periodic Plan Integration)

  • के गर्ने? आवधिक योजनामा EFLG सूचकलाई लक्ष्य (targets) का रूपमा समावेश गर्ने।दीर्घकालीन लक्ष्य निर्धारण गर्दा EFLG सूचकहरूलाई स्पष्ट रूपमा राख्नुपर्छ।
  • उदाहरण: ५ वर्षमा हरियाली क्षेत्र १०% बाट २०% पुर्‍याउने लक्ष्य

४. वार्षिक योजनामा कार्यक्रम रूपान्तरण

  • के गर्ने? आवधिक योजनाका लक्ष्यलाई वार्षिक कार्यक्रम र गतिविधिमा रूपान्तरण गर्ने।दीर्घकालीन लक्ष्यलाई साना–साना वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गरिन्छ।
  • उदाहरण: प्रत्येक वर्ष २% हरियाली क्षेत्र बढाउने कार्यक्रम

५. बजेटसँग जोड्ने (Budget Tagging)

  • के गर्ने? वातावरणमैत्री स्थानीय शासन सूचकसँग सम्बन्धित कार्यक्रमहरूलाई बजेटसँग लिंक गर्ने।प्रत्येक सूचकका लागि छुट्टै बजेट सुनिश्चित गर्नुपर्छ।
  • उदाहरण: फोहोर व्यवस्थापन कार्यक्रमका लागि निश्चित बजेट छुट्याउने

६. Project Screening (EFLG Lens प्रयोग)

  • के गर्ने? सबै परियोजनाहरूलाई EFLG सूचकको आधारमा screening गर्ने।परियोजना वातावरणमैत्री छ कि छैन भनेर मूल्यांकन गर्नुपर्छ।
  • उदाहरण: सडक निर्माण गर्दा हरियाली  व्यवस्था अनिवार्य राख्ने

७. Implementation (कार्यक्रम कार्यान्वयन)

  • के गर्ने? EFLG सूचकअनुसार कार्यक्रम सञ्चालन गर्ने।कार्यक्रम कार्यान्वयन गर्दा वातावरणीय मापदण्ड पालना अनिवार्य हुन्छ।

८. Monitoring & Indicator Tracking

  • के गर्ने? EFLG सूचक अनुसार नियमित अनुगमन गर्ने।सूचकमा भएको प्रगति मापन गरी सुधारका उपाय अपनाउन सकिन्छ।
  • उदाहरण: वर्षमा एकपटक “EFLG scorecard” तयार गर्ने

९. Reporting Review

  • के गर्ने? वार्षिक प्रगति प्रतिवेदनमा EFLG सूचक समावेश गर्ने।यसले पारदर्शिता बढाउँछ र सुधारका क्षेत्र पहिचान गर्न मद्दत गर्छ।

आवधिक र वार्षिक योजनाबीचको सम्बन्ध

तह भूमिका
आवधिक योजना दीर्घकालीन लक्ष्य (EFLG indicators सहित)
वार्षिक योजना कार्यक्रम र बजेट मार्फत कार्यान्वयन
अनुगमन सूचकमा आधारित प्रगति मूल्यांकन

EFLG सूचकहरूलाई आवधिक र वार्षिक योजनामा मुलप्रवाहीकरण गर्नु भनेको वातावरणमैत्री विकासलाई संस्थागत बनाउनु हो। यसका लागि कानुनी आधार, स्पष्ट विधि र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ।

“सूचकमा आधारित योजना नै प्रभावकारी र दिगो विकासको आधार हो।”

६. वातावरणमैत्री स्थानीय शासन मा मूलप्रवाहीकरण: MTEF (Medium Term Expenditure Framework)
१. MTEF मा Mainstreaming को अवधारणा

  • MTEF भन्नाले 3–5 वर्षसम्मको बजेट र खर्च योजना हो, जसमा कार्यक्रम–आधारित बजेटिंग प्रणाली  र दिगो वित्तीय प्रबन्धन समावेश हुन्छ।
  • MTEF मा EFLG Mainstreaming  भन्नाले स्रोत, बजेट र कार्यक्रमहरूमा वातावरणमैत्री, दिगो र समावेशी दृष्टिकोण समाहित गर्नु हो।

उद्देश्य: दीर्घकालीन हरित, दिगो र जलवायु अनुकूल स्थानीय सेवा वितरण सुनिश्चित गर्नु।

२. मुख्य विधिहरू (Key Methods)

(क) दीर्घकालीन बजेट योजना र प्राथमिकता निर्धारण

  • MTEF मा EFLG–संग सम्बन्धित कार्यक्रमहरू पहिचान।
  • उदाहरण: फोहर व्यवस्थापन, जलस्रोत संरक्षण, हरित भवन निर्माण, जलवायु अनुकूल कृषि।
  • प्राथमिकता अनुसार बजेट बिनियोजन  (Allocation) र वित्तिय स्रोत योजना।

(ख) कार्यक्रम–आधारित बजेटिंग (Program-Based Budgeting)

  • प्रत्येक कार्यक्रममा EFLG दृष्टिकोण समावेश।
  • सामाजिक, आर्थिक र वातावरणीय प्रभाव मूल्याङ्कन ।
  • लागत–लाभ विश्लेषण गरेर दीर्घकालीन स्रोत उपयोग सुनिश्चित।

(ग) स्रोतको विविधीकरण (Diversification of Funding)

  • सरकारी अनुदान + स्थानीय राजस्व + निजी क्षेत्र (CSR) + समुदाय योगदान + NGOs/Donor।
  • स्रोत सुनिश्चित गर्दै प्रत्येक कार्यक्रमलाई दिगो बनाउने।

(घ) अनुगमन र मूल्याङ्कन (Monitoring & Evaluation)

  • MTEF मा EFLG–संग सम्बन्धित सूचकांक (Green Indicators) समावेश।
  • प्रत्येक वर्षको कार्यक्रम प्रगति, बजेट खर्च र वातावरणीय प्रभाव मूल्याङ्कन।
  • सुधारात्मक कदम अगाडि बढाउने।

(ङ) समुदाय र निजी क्षेत्रको सहभागिता

  • EFLG बजेट/कार्यक्रम योजना बनाउँदा टोल–समुदाय, परिवार, NGOs, निजी क्षेत्रको सुझाव र लगानी समावेश।
  • पारदर्शिता र जवाफदेहिता सुनिश्चित।

३.फाइदा (Benefits of EFLG Mainstreaming in MTEF)

  • दीर्घकालीन दिगो वित्तीय योजना सुनिश्चित।
  • प्राथमिकतामा आधारित हरित बजेट बिनियोजन।
  • स्रोतको प्रभावकारी र पारदर्शी उपयोग।
  • स्थानीय तहको क्षमता विकास र समुदाय सहभागिता।
  • जलवायु अनुकूल, पर्यावरणमैत्री र समावेशी कार्यक्रमको स्थिरता।
७. वातावरणमैत्री स्थानीय शासन मा बिषयगत योजना (Sectoral Planning) मूलप्रवाहीकरण
१.अवधारणा (Concept)

  • Sectoral Planning भनेको शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत, सरसफाई, फोहर व्यवस्थापन, उर्जा, वन र पर्यटन जस्ता विशेष क्षेत्रगत योजनाहरू तयार गर्नु हो।
  • EFLG Mainstreaming भन्नाले यी बिषयगत योजनाहरूमा  वातावरणमैत्री, दिगो र समावेशी सिद्धान्तहरू  समाहित गर्नु हो।

२.मुख्य विधिहरू (Key Methods)

(क) नीति र रणनीति स्तरमा समायोजन : बिषयगत योजनाको नीति, लक्ष्य र कार्यक्रम निर्माण गर्दा EFLG सिद्धान्त समावेश।

उदाहरण:

  • कृषि: जैविक खेती, जलवायु अनुकूल कृषि, बीउ विविधता संरक्षण।
  • शहरी/गाउँ विकास: हरित भवन, फोहर न्यूनिकरण, सार्वजनिक हरियाली क्षेत्र।
  • पानी/सरसफाई: स्वच्छ पानी, ढल व्यवस्थापन, पानी पुनः प्रयोग।

(ख) कार्यक्रम–आधारित योजना निर्माण: प्रत्येक बिषयगत कार्यक्रममा स्रोत मैत्री र दिगो दृष्टिकोण।लागत–लाभ र वातावरणीय प्रभाव मूल्याङ्कन सहित योजना।

(ग) बजेट र वित्त व्यवस्थापन:बिषयगत योजनामा EFLG–संग सम्बन्धित गतिविधिहरू प्राथमिकता अनुसार बजेट बिनियोजन ।स्रोतको विविधीकरण: सरकारी अनुदान, CSR, NGO/Donor, समुदाय योगदान।

(घ) अनुगमन, मूल्याङ्कन र रिपोर्टिङ: Green Indicators र पर्यावरणीय/सामाजिक प्रभाव मूल्याङ्कन।कार्यक्रम प्रगति र बजेट खर्चको वार्षिक समीक्षा र सार्वजनिक रिपोर्टिंग।

(ङ) समुदाय र साझेदारीको समावेशीकरण: टोल–समुदाय, परिवार, NGOs/CSOs, निजी क्षेत्र (CSR) को योगदान।योजना निर्माण, कार्यान्वयन र अनुगमनमा सहभागिता।

३.फाइदा (Benefits)

  • दिगो र हरित विकास सुनिश्चित: बिषयगत योजनामा प्रत्येक क्षेत्रलाई पर्यावरणमैत्री र दिगो दृष्टिकोणमा केन्द्रित।
  • स्रोतको प्रभावकारी उपयोग: प्राथमिकतामा आधारित बजेट र वित्तीय स्रोतको समुचित उपयोग।
  • समावेशी स्थानीय शासन: महिला, बालबालिका, विपन्न वर्ग र समुदायको निर्णय प्रक्रियामा सहभागिता।
  • स्थिरता र उत्थान्शीलता: जलवायु परिवर्तन र विपद् जोखिमसँग सामना गर्न सक्षम।
  • अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग समन्वय: SDGs, Sendai Framework, Paris Agreement, UNFCCC र Habitat III लक्ष्यहरू।