समयः ९० मिनेट
EFLG लाई स्थानीय तहका नीति, योजना तथा कार्यक्रममा मूलप्रवाहिकरण — सहभागीबाट सफल अभ्यास प्रस्तुति
लक्षित सहभागी: स्थानीय तहका जनप्रतिनिधि/कर्मचारी/अन्य सरोकारवाला

 

१. सत्रका उद्देश्यहरू
सत्र समाप्त भएपछि सहभागीले—

  1. वातारणमैत्री स्थानीय शासन मूलप्रवाहिकरण को अवधारणामा थप स्पष्ट हुने।
  2. स्थानीय तहको नीति-योजना चक्रमा वातारणमैत्री स्थानीय शासन कसरी समावेश हुन्छ भन्ने सिक्ने।
  3. आफ्नो पालिकामा भएका सफल अभ्यास (Best Practices) पहिचान गर्न सक्ने।
  4. निर्धारित ढाँचामा आफ्नै सफल अभ्यास प्रस्तुत गर्न सक्ने।
  5. आगामी योजनामा वातारणमैत्री स्थानीय शासन  समावेशीकरण गर्न आवश्यक सुधारका बुँदा तयार गर्न सक्ने।
२. सत्रका विधि (Methodology)
  • प्रस्तुतीकरण
  • Brainstorming
  • समूह कार्य (Group Work)
  • सफल अभ्यास दस्तावेजीकरण (Template प्रयोग)
  • सहभागी प्रस्तुति
  • Reflections

 

३. सत्र–बहाव (Session Flow)
Step 1: परिचय र अपेक्षा संकलन (10 मिनेट)
Facilitator activity:

  • वातारणमैत्री स्थानीय शासन  मूलप्रवाहिकरण किन आवश्यक? छोटो उदाहरण सहित।
  • सहभागीलाई प्रश्न:
    • “तपाईंको पालिकामा वातावरणमैत्री अभ्यास के–के भएका छन्?”
  • अपेक्षा नोट गर्ने।
Step 2: EFLG Mainstreaming Concept Sharing (15 मिनेट)
मुख्य विषयवस्तु:

  • वातारणमैत्री स्थानीय शासनका ६ विषयगत क्षेत्र
  • नीति-योजना चक्र (Policy → Planning → Budgeting → Implementation → Monitoring) मा वातावरण समावेश गर्ने ठाउँहरू
  • कसरि  “EFLG Indicators” लाई योजनामा जोडिन्छ
  • Climate–Budget–Social Inclusion Alignment
Step 3: सफल अभ्यास पहिचान मार्गदर्शन (10 मिनेट)
सहभागीलाई बुझाइने–
सफल अभ्यास भन्नाले:

  • प्रभावकारी,
  • दोहोर्याउन मिल्ने,
  • वातावरणमैत्री,
  • स्पष्ट नतिजा देखिने कार्यहरू।

सफल अभ्यास प्रस्तुतिका लागि Template:

  1. अभ्यास शीर्षक
  2. समस्या/सन्दर्भ
  3. वातारणमैत्री स्थानीय शासन  विषयगत क्षेत्र/सूचक
  4. के गरियो? (Process)
  5. स्रोत/समन्वय
  6. नतिजा/परिणाम
  7. सिकाइ (Lessons Learned)
  8. विस्तारयोग्य क्षेत्र
Step 4: समूहगत अभ्यास (25–30 मिनेट)
सहभागीलाई समूहमा विभाजन:

  • प्रत्येक समूहले आफ्नो पालिकामा भएका १ – २ सफल अभ्यास पहिचान गर्ने।
  • उपलब्ध Template भरेर PPT/फ्लिपचार्ट तयार गर्ने।

सहयोगी प्रश्नहरू (Facilitator Support):

  • “यो अभ्यासले वातावरण सुधारमा के परिवर्तन गर्‍यो?”
  • “सूचकसँग कसरी जोडिन्छ?”
  • “कस्तो बजेट/स्रोत प्रयोग भयो?”
Step 5: सहभागी प्रस्तुति (25–30 मिनेट)
प्रत्येक समूह ५ मिनेट:
सहजकर्ताले प्रस्तुति मूल्यांकन गर्ने आधार:

  • सूचकसँग मिलान
  • नवप्रवर्तनता
  • प्रभाव/परिणाम
  • स्थानीय तहको नीति–योजना चक्रमा कसरी जोडिएको छ
  • निरन्तरता/स्थायित्व
Step 6: Reflections & Way Forward (10 मिनेट)
सहभागीबाट:

  • “आजको मुख्य सिकाइ के भयो?”
  • “आगामी वर्ष योजनामा वातारणमैत्री स्थानीय शासन  कसरी थप मजबुत बनाउने?”

सहजकर्तावाट:

  • ३-५ मुख्य सुधारका बुँदा संकलन
४. अपेक्षित परिणाम
  • सहभागीबाट संकलित सफल अभ्यास
  • तालीम प्रतिवेदनमा समावेश गर्न मिल्ने Best Practices Compilation सामग्री
  • सहभागीका आगामी वर्षका प्रतिवध्दता