| घरपरिवार (आधारभूत) |
१. सरसफाई र स्वास्थ्य |
- शौचालयको व्यवस्था, त्यसको उचित प्रयोग भएको।
- व्यक्तिगत सरसफाईमा ध्यान दिएको।
- आफ्नो घर भित्रको फोहर सड्ने र नसड्ने वर्गीकरण गरी सड्नेलाई आफैं वा समूह बनाई मल बनाउने गरेको।
- नसड्ने फोहरलाई नगरपालिकाले तोके बमोजिम उचित व्यवस्थापन गरेको।
- नेपाल सरकारले तोकेको भन्दा कम गुणस्तरको प्लास्टिक झोला प्रयोग नगरेको।
- घर पालुवा जनावर, कुकुर आदिलार्ई घर क्षेत्र बाहिर खुला रुपमा दिसा गराउने नगरेको र गराएमा आफैंले उठाएर आफ्नो घर परिसरमा लगि व्यवस्थित गर्ने गरेको।
|
| २. वर्षातको पानीको सङ्कलन तथा भण्डारण |
- वर्षातमा घर–कम्पाउण्डभित्र परेको पानी सङ्कलन÷भण्डारण (Rainwater Harvesting) गर्ने व्यवस्था मिलाएको वा आफ्नै घर–कम्पाउण्डमा जमिनभित्र जाने (Water Recharge) व्यवस्था गरिएको
|
| ३. पिउने पानी |
- पिउने पानीका लागि शुद्धिकरणका उपायहरुको अवलम्बन गरिएको
|
| घरपरिवार (परिष्कृत) |
१.ढलको उचित व्यवस्थापन |
- घरमा सेप्टिक ट्याङ्कीको व्यवस्था गरी सञ्चालनमा रहेको। (ढलको प्रशोधन गरेर मात्र अन्तिम निकास गर्ने गरेको)
|
| २. घर–आँगन बाहिर सडकको सरसफाई स्थिति |
- आफ्नो घर–आँगन बाहिरको सडक वा बाटो सफा राख्ने गरेको
|
| ३. प्लाष्टिक झोलाको नियन्त्रण |
- प्लाष्टिक झोला प्रयोग नगरी त्यसको विकल्पमा जुट, कपडा वा कागजका झोला प्रयोग गर्ने गरेको
|
| टोल/बस्ति तह(आधारभूत) |
१.टोल सरसफाई अभियान |
- कम्तिमा महिनाको एक पटक नियमित रुपमा आफ्नो टोल समुदायको क्षेत्रभित्र सामूहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने गरेको।
- घरबाट बाहिर निष्काशन गरिने फोहर सडक, पेटी र सार्वजनिक स्थलमा जम्मा नगरी सिधै सङ्कलन गर्न आउने सवारी साधनमा राख्ने गरेको वा नगरपालिकाले तोके बमोजिम व्यवस्थापन गरेको।
|
| टोल/बस्ति तह (परिष्कृत) |
१. सार्वजनिक क्षेत्रको सरसफाई |
- आफ्नो टोलभित्रका सार्वजनिक क्षेत्र (जस्तैः मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च, सडक, पार्क, नाला, गल्ली, फुटपाथ, खोला, नदी, बगर, नहर, वन तथा चौर आदि) मा फोहर फाल्न प्रतिबन्ध गरेको।
|
| २. ध्वनी प्रदूषण नियन्त्रण |
- टोलबासीको स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने किसिमको ध्वनीको असर न्यूनीकरणका उपाय अवलम्बन गर्ने व्यवस्था गरेको।
|
| वडा तह(आधारभूत) |
१. खानेपानीका मुहान तथा स्रोतको संरक्षण |
- वडामा भएका सबै खानेपानीका श्रोतहरुको लगत राखी संरक्षण गरिएको र सबै पानीका श्रोतहरुको गुणस्तर परीक्षण गरिएको
- पानी सुरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गरेको र वडाबासीलाई भूमिगत जलस्रोतको पुनर्भरण एवं बहुउपयोगिताको निम्ति आकाशे पानी सङ्कलन र प्रयोगलाई प्रोत्साहन गर्न नीति तथा कार्यक्रम तर्जुमा गरी लागु गरेको
|
| २. फोहरमैला व्यवस्थापन |
- घर–घर बाट संकलित फोहर नगरपालिकाबाट तोकिएको स्थानमा विसर्जन गर्ने गरिएको
- वडा परिसरमा प्लाष्टिक झोलाको प्रयोगलाई कम गर्न बैकल्पिक उपायहरुको विकास र त्यसको प्रयोग गरिएको
|
| ३. प्रदूषण गर्नेलाई दण्डको व्यवस्था |
- वडा भित्रका घर, उद्योग तथा अन्य व्यवसायहरुबाट निश्काशन हुने अत्याधिक ध्वनी, धुवाँ, धूलो आदि व्यवस्थित गर्न टोल विकास समितिको सिफारिसको आधारमा नेपाल सरकारबाट तय गरिएको सिमा उल्लंघन गर्ने व्यक्ति, उद्योग वा सँस्थालाई कारवाहीको लागि नगरपालिका तथा जिल्ला प्रशासन समक्ष सिफारिस साथ पठाइएको
|
| वडा तह(परिष्कृत) |
१. सडक नालाको व्यवस्थापन |
- वडाका सबै सडकहरुमा बर्षात्को पानी निकास हुने कुलेसो वा नाली भएको
- सडकको दायाँ बायाँ रहेको नाली नियमित सफा गरिएको
- सडक किनारामा रहेका विजुलीको पोल तथा तार व्यवस्थित भएको।
|
| नगरपालिका तह (आधारभूत) |
१. खानेपानीको रणनीतिक योजना (Strategic Plan) निर्माण |
१.स्वच्छ खानेपानी आवश्यकता पूरा गर्ने गरी रणनीतिक कार्ययोजना नगर सभाबाट स्वीकृत भएको। |
| २. फोहरमैला केन्द्र्रको स्थापना |
१. सड्ने र नसड्ने फोहरको वर्गीकरण गर्ने गरी फोहरमैला केन्द्रको आवश्यक व्यवस्था गरेको २. सड्ने फोहरबाट प्राङ्गारिक मल बनाउन प्रोत्साहन गर्नको लागि कम्पोष्ट बीनको वितरण भएको ३. फोहरमैलाको दिगो व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट वा एकीकृत फोहरमैला व्यवस्थापनको अभ्यास गरेको |
| ३. सार्वजनिक स्थानमा शौचालयको व्यवस्था |
१. बसपार्क, पेट्रोल पम्प, पर्यटकीय क्षेत्र तथा साँस्कृतिक सम्पदा, पार्क तथा उद्यान र मुख्य हाटबजार स्थलमा बालबालिका, लैङ्गीक तथा अपाङ्गमैत्री सार्वजनिक शौचालयहरूको व्यवस्था भएको |
| ४. प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध |
१. नेपाल सरकारले तोकेको गुणस्तरभन्दा कम गुणस्तरको प्लाष्टिक झोला प्रयोगमा बन्देज गरिएको २. प्लाष्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला उत्पादन गर्न प्रोत्साहित गरिएको र उत्पादित झोलाको बजारीकरण भएको |
| नगरपालिका तह (परिष्कृत सूचक) |
१. फोहरमैला सङ्कलन तथा त्यसको उचित व्यवस्थापन |
- आफ्नै वा अन्य गाउँपालिका वा नगरपालिका सँगको सहकार्यमा पुनः प्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकता अनुसार फोहर विसर्जन क्षेत्र (Landfill Site) मा व्यस्थापन गर्ने गरिएको र स्वास्थ्य सँस्थाबाट निश्काशन हुने हानिकारक फोहरको व्यवस्थापन हानिकारक फोहर विसर्जन क्षेत्र (Hazardous Waste Landfill Site) मा व्यवस्थापन गर्ने गरेको।
- नगर क्षेत्रभित्र फोहरमैला सङ्कलन गर्ने प्रणालीलाई प्रभावकारी बनाउँदै सिमसार क्षेत्र, धार्मिक स्थल, सडक तथा नदि किनारामा फोहर फाल्न र जलाउन प्रतिबन्ध लगाएको।
|
| २. ढल प्रशोधन सम्बन्धी व्यवस्था |
१.ढललाई जैविक वा इन्जिनियरिङ्ग प्रविधिबाट प्रशोधन गरिएपछि मात्र अन्तिम निष्काशन गर्ने गरिएको,(सबै घरहरूमा सेप्टी ट्याङ्की अनिवार्य गरिएको अवस्थामा यो सूचक निष्क्रिय हुनेछ) |
| ३. प्लाष्टिक झोला सङ्कलन तथा व्यवस्थापन |
१. प्लाष्टिक झोला सङ्कलन, पुनः प्रयोग तथा व्यवस्थापन गर्ने कार्यका लागि वडाका सवै टोलहरु समेट्ने गरी तालिम दिइएको र सोहि अनुसार काम भएको २. नेपाल सरकारले तोकेको मापदण्ड वाहेकका प्लाष्टिक झोलालाई नगर क्षेत्रभित्र प्रयोगमा निषेध गरिएको र त्यसको विकल्पमा कपडाको झोलाको प्रयोग भएको |
| ४. प्रदूषणको नियमन |
१. नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेको उद्योगहरूको लगत राखी ध्वनी, जल, वायू, प्रदूषणको स्तर मापन गरी अभिलेख तयार भएको २. नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरूबाट भएको प्रदूषणको गुनासो सम्बन्धी अभिलेख तयार गरी गुनासो फर्छ्यौट गर्ने गरेको। |
| ५. ध्वनी प्रदूषण नियन्त्रण |
- ध्वनीको राष्ट्रिय मापदण्ड बमोजिम नगर क्षेत्रलाई औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, आवासिय क्षेत्र तथा शान्त क्षेत्रको रूपमा विभाजन गरिएको
- नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुकूल ध्वनीको स्तर सम्बन्धमा बार्षीक रुपमा मापन गर्ने गरिएको र मापदण्डभन्दा बढी ध्वनी प्रदूषण गर्नेलाई दण्डित गर्ने व्यवस्था गरिएको
|
| ६. वायु प्रदूषण न्यूनीकरण |
- नगर क्षेत्रमा वायु प्रदूषण न्यूनीकरण तथा नियन्त्रणको लागि उपायहरु अवलम्बन गरिएको
- नगर क्षेत्रमा साना सार्वजनिक सवारी साधनको भन्दा ठूला नगर बसहरु सञ्चालन भएको र बिजुलीबाट चल्ने सवारी साधनलाई उच्च प्राथमिकतामा राखेको
|
| जिल्ला तह (आधारभूत) |
१. प्लाष्टिक झोलामुक्त जिल्ला घोषणा |
- जिल्लामा नेपाल सरकारले निर्धारण गरे बमोजिम ४० माइक्रोनभन्दा कम गुणस्तरको प्लाष्टिकको झोला निषेध गर्न जिल्ला सभाले निर्णय गरी आब्हान गरेको
- प्लाष्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला उत्पादन गर्न स्थानीय तहहरुलाई समन्वय र सहजीकरण गरिएको
|
| १. स्यानीटरी ल्याण्डफिल साइट व्यवस्थापन |
- गाउँपालिका तथा नगरपालिकाको फोहरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साइटको निमित्त जग्गा व्यवस्थापनमा समन्वय र सहजीकरण गरेको
|
| २. खुला दिसामुक्त अभियान |
- पूर्ण सरसफाई कार्यक्रमसञ्चालनको लागि स्थानीय तहहरुसँग समन्वय र सहजीकरण गरेको
|
| ३. खानेपानी व्यवस्थापन |
- जिल्लाभरको खानेपानीका स्रोत र वितरणसम्बन्धी व्यवस्थित अभिलेख जि.स.स.मा रहेको
- खानेपानीको मुहानको संरक्षण सम्बन्धमा छलफल कार्य र समन्वयकारी भूमिका निभाएको
|
| जिल्ला तह (परिष्कृत) |
१. फोहरमैला व्यवस्थापनमा समन्वय |
- गाउँपालिका तथा नगरपालिकाहरुलाई संयुक्तरूपमा फोहर व्यवस्थापन गर्ने कार्यमासमन्वय र सहजीकरण गरेको
|
| २. खानेपानी व्यवस्थापन |
- स्थानीय तहबाट प्राप्त विवरणका आधारमा जिल्लामा भएका खानेपानीका स्रोतहरुको संरक्षण र व्यवस्थापनका लागि रणनीति तयार गरेको
- स्थानीय तहहरुबीचको खानेपानी मुहान सम्बन्धी विवाद समाधानका लागि समन्वय र सहजीकरण गरेको
|
| ३. औद्योगिक प्रदूषण नियन्त्रण |
- उद्योग र अन्य व्यवसायबाट निश्कासन हुने विभिन्न प्रकारका प्रदूषण नियन्त्रण कार्यमा अनुगमन र समन्वय गरेको
|