खेल २: ‘बजेट बाँडफाँड’ (Budget Allocation Game) खेल।
यो खेल विशेष गरी स्थानीय तहका जनप्रतिनिधि, टोल विकास संस्था र नागरिक समाजका सदस्यहरूलाई वातावरणमैत्री विकास र प्राथमिकीकरण बुझाउन प्रभावकारी हुन्छ।
१. खेलको नाम: “हाम्रो बजेट: दिगो गाउँको आधार”
अवधि: ४५ मिनेट
सहभागी संख्या: १० देखि १५ जना (२-३ वटा समूहमा विभाजित)
२. खेलको उद्देश्य
  • विकासका विभिन्न मागहरूमध्ये वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न सिकाउनु।
  • सिमित स्रोत र साधनको अधिकतम र दिगो उपयोग गर्ने क्षमता विकास गर्नु।
  • वातावरणलाई वेवास्ता गर्दा भविष्यमा आउने आर्थिक भारबारे सचेत गराउनु।
३. खेलको सामग्री
  • काल्पनिक पैसा:कागजको टुक्रा वा नक्कली नोट (प्रत्येक समूहलाई रु. १ अर्ब बराबरको टोकन)।
  • योजना कार्डहरू:विभिन्न विकास निर्माणका विकल्पहरू लेखिएका कार्डहरू।
  • जोखिम कार्डहरू (Risk Cards): वातावरण वेवास्ता गर्दा आउने समस्याहरू।
  • बोर्ड वा चार्ट पेपर:जहाँ समूहले आफ्नो बजेट टाँस्न सक्छन्।
४. योजना कार्डका विकल्पहरू (Options)
प्रत्येक योजनाको लागत र त्यसको प्रभाव स्पष्ट लेखिएको हुनुपर्छ:

योजना लागत फाइदा/असर
१. पक्की सड़क निर्माण ३० करोड आवागमनमा सहज, तर धेरै रूख काटिने।
२. फोहरमैला प्रशोधन केन्द्र २० करोड गाउँ सफा हुने, प्रदूषण कम हुने।
३. भ्यू टावर निर्माण २० करोड पर्यटन बढ्ने, तर वन विनाश हुने।
४. वृक्षारोपण ३ करोड अक्सिजन, भू-क्षय नियन्त्रण, सुन्दरता।
५. हरियाली पार्क ४ करोड हरियाली, खुला ठाउँ, सफा हुने, प्रदूषण कम हुने, पर्यटक बदने ।
६. पानी मुहान संरक्षण १ करोड स्वच्छ पानी, खानेपानीको समस्या समाधान।
७. सार्बजनिक शौचालय निर्माण २ करोड सरसफाई, सहजता हुने तर टोल छिमेकलाई असर गर्न सक्ने
८. कच्ची सडक ५ करोड बाटो बन्ने, तर पहिरोको उच्च जोखिम।
९. जलवायु अनुकूलन कृषि ५ करोड कृषि उत्पादन बदने, कृषकको आम्दानी बदने, जलवायु परिवर्तनको असर कम हुने
१०. सिंचाई योजना ५ करोड कृषिको व्यावसाईकरणमा सहयोग पुग्ने, कृषि उत्पादन बदने,
११. प्रान्गारिक मल उत्पादन ५ करोड जमीनको उर्बराशक्ति बदने, माटोको गुणस्तर सुधार हुने
५. खेलको चरणबद्ध प्रक्रिया
चरण १: समूह विभाजन र बजेट वितरण (५ मिनेट)
सहभागीहरूलाई ३-४ वटा समूहमा बाँड्नुहोस्। प्रत्येक समूहलाई रु. एक अर्ब को काल्पनिक बजेट दिनुहोस्।

चरण २: योजना छनोट (१५ मिनेट)
समूहलाई भन्नुहोस्: “तपाईंको गाउँपालिकाको लागि बजेट विनियोजन गर्नुहोस्। तपाईंले एक अर्ब भित्र रहेर माथिका मध्ये कुन-कुन योजना रोज्नुहुन्छ?”

चरण ३: नतिजा घोषणा र जोखिम कार्ड (१० मिनेट)

अब सहजकर्ताले समूहको छनोट हेरेर ‘जोखिम कार्ड’ वितरण गर्छ:

  • यदि कुनै समूहले ‘सडक’ रोज्यो तर ‘वृक्षारोपण’ रोजेन भने: उसलाई “पहिरोले बाटो पुरियो” भन्ने कार्ड दिइन्छ ।
  • यदि कसैले ‘भ्यू टावर’ रोज्यो तर ‘फोहर व्यवस्थापन’ रोजेन भने: “दुर्गन्धले पर्यटक आएनन्” भन्ने कार्ड दिइन्छ।
  • यदि समूहले वातावरणलाई वेवास्ता गरी भौतिक पूर्वाधारमा मात्र खर्च गरेमा, उनीहरूलाई ‘पहिरो’ वा ‘पिउने पानीको अभाव’ जस्ता समस्याको कार्ड दिइन्छ।
  • कृषि रोज्यो तर मल रोजेन भने धान फलेन भन्ने कार्ड दिइन्छ।
  • कृषि रोज्यो तर सिंचाई रोजेन भने खेतमा धाजा फाट्यो भन्ने कार्ड दिइन्छ।
  • कच्ची सडक रोज्यो तर पानी मुहान संरक्षण रोजेन भने पिउने पानीको आभाव भन्ने कार्ड दिइन्छ। यसले गर्दा उनीहरूले दिगो विकासको महत्त्व बुझ्छन्।

चरण ४: समूह प्रस्तुति (१० मिनेट)
प्रत्येक समूहले आफूले ती योजनाहरू किन रोजे र जोखिमबाट कसरी बच्न सकिन्थ्यो भन्नेबारे संक्षिप्त प्रस्तुति दिन्छन्।

६. समीक्षा र छलफल (१० मिनेट)
सहजकर्ताले अन्त्यमा निम्न प्रश्नहरू सोध्नुपर्छ:

  • बजेट बाँडफाँड गर्दा वातावरणलाई किन छुट्याउनु भयो (वा भएन)?
  • के भौतिक पूर्वाधार मात्र विकास हो?
  • आजको सानो लगानी (जस्तै: नाली व्यवस्थापन) ले भोलिको ठूलो खर्च (पहिरो नियन्त्रण) कसरी बचाउँछ?
७. निष्कर्ष (Key Message)
“वातावरणमा गरिएको लगानी खर्च होइन, यो भविष्यको सुरक्षा हो।”यो खेलले सहभागीहरूलाई बजेट बनाउँदा EFLG (Environment Friendly Local Governance) का सूचकहरूलाई समावेश गर्न झकझकाउँछ।