| १. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण |
|---|
| लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण भन्नाले महिला तथा पुरुष र विभिन्न सामाजिक समूहहरु बीचको असमान शक्ति सम्वन्धहरुलाई पुनः सन्तुलित गर्न तथा हरेक प्रकारका सामाजिक पहिचान भएका व्यक्तिहरुका लागि समान अधिकार, अवसर एवं सम्मान सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्नुपर्ने विषयलाई सम्झनु पर्छ ।
नेपालको संविधानको मौलिक हकको रुपमा रहेको समानताको हकले राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनेको छ । यसैगरी लैङ्गिक विभेद अन्त्य गरी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था संविधानले गरेको छ । महिलाको हक सम्वन्धी धाराले समान वंशीय अधिकार, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी अधिकार, राज्यका सवै निकायमा सहभागिता हुने अधिकार, सम्पत्ति तथा पारिवारीक मामिला सम्बन्धी अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षामा सकारात्मक विभेदको व्यवस्था गरेको छ । यसका अतिरिक्त महिला विरुद्ध हुने हिंसाजन्य कार्यहरुलाई कानून बमोजिम दण्डनीय हुने व्यवस्था गरेको छ । सामाजिक न्यायको हकले राज्यका हरेक निकायहरुमा समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तका आधारमा जनताको सहभागिताको अधिकारको स्थापना गरेको छ । |
| जैविक लिङ्ग र लैङ्गिकता (सामाजिक लिङ्ग) बीच भिन्नता |
|---|
| क्र.सं | जैविक लिङ्ग (SEX) | क्र.सं | लैङ्गिकता (Gender) |
|---|---|---|---|
| १ | शारीरिकरूपमा नै फरक हुन्छ । | १ | यो सामाजिक हुन्छ । यसलाई समाजले निर्माण गरेको हुन्छ । |
| २ | जन्मदेखि नै फरक भएर आएको हुन्छ । | २ | सामाजिक मूल्य र मान्यताको आधारमा फरक हुन्छ । |
| ३ | परिवर्तन गर्न सकिदैन, स्थायी हुन्छ । | ३ | परिवर्तन गर्न सकिन्छ, अस्थायी हुन्छ । |
| ४ | यो संसारभर एकैनासको हुन्छ फरक हुँदैन । | ४ | यो समय, परिस्थिति, धर्म, संस्कृति र भोगोलिक अवस्थानुसार फरक–फरक हुन्छ । एकनासको हुँदैन । |
| उदाहरण | उदाहरण | ||
| १ | गर्भधारण र स्तनपान महिलाले मात्र गर्न सक्दछन् । | १ | दुवैले बिभिन्न सेवा/पेशा (जस्तै: डाक्टर, इन्जिनियर, प्राबिधिक, प्रशासक, बैज्ञानिक, विज्ञ, कृषक, राजनीति, आदि) गर्न सक्दछन् । |
| २ | शुक्रकिटको उत्पादन पुरूषमा मात्र हुन्छ । | २ | दुवैले बालबालिका र जेष्ठ नागरिकको स्याहार सुसार गर्न सक्दछन् । |
| सामाजिक समावेशीकरण |
|---|
| वञ्चितिमा परेका वर्ग (जस्तै: महिला, दलित, आदिबासी, जनजाति, मधेशी तथा अल्पसंख्यक) लाई विभिन्न प्रक्रिया, ब्यवस्था तथा उपायहरुद्वारा संस्थागत अप्ठ्याराहरू हटाउदै सार्वजनिक सेवा र विकास प्रक्रियामा पहुँच वृद्धि गर्ने र विकास क्रियाकलापमा सहभागि गराउनको साथै प्रतिफल उपयोग मा पनि समानुपातिक भागिदार बनाउने प्रयास लाई समावेशिकरण भनिन्छ । |
| समावेशी दुई तर्फबाट गर्न सक्दछ |
|
| समावेशीकरणमा के गरिन्छ ? |
|
| २. बालमैत्री स्थानीय शासन |
|---|
| बालमैत्री स्थानीय शासन भन्नेको बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो | यस पद्धतिले स्थानीय तहलाई बालवालिकाको अर्थपूर्ण सहभागितामा उनिहरुकै हित अनुकुल हुनेगरी योजना तर्जुमा गर्ने, वजेट विनियोजन गर्ने, गाउँ/नगर सभावाट यस्ता योजना तथा वजेट स्वीकृत गर्ने, स्वीकृत गरिएका योजनाहरु कार्यान्वयन गर्ने र यसरी कार्यान्वयन गरिएका योजनाको अनुगमन तथा मूल्यांकन गर्ने कार्यमा सघाउँदछ |
वि.सं. २०६५ सालदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, युनिसेफ नेपाल, केन्द्रीय बाल कल्याण समिति, वर्ल्ड भिजन इन्टरनेशनल, सभ द चिल्ड्रेन, स्वशासन अध्ययन प्रतिष्ठान (इन्लोगोस) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरुले यस अवधारणालाई प्रवर्धन गर्ने प्रयास गरे पश्चात् बालमैत्री स्थानीय शासन अवधारणागत रुपमा कार्यान्वयनमा आएको छ । यस अवधारणालाई मूर्तरुप दिन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अगुवाईमा बालमैत्री स्थानीय शासन पद्धतिको थालनी गरिएको हो । युनिसेफ नेपालको सहयोगमा वि.सं. २०६५ सालमा काभ्रे, तनहुँ, सुनसरी र दाङ गरी चारवटा जिल्ला विकास समिति र विराटनगर उप-महानगरपालिकामा यस पद्धतिको थालनी गरिएको थियो भने वि.सं. २०६६ सालवाट यो कार्यक्रम जुम्ला जिल्लामा पनि विस्तार गरियो । नेपाल सरकारले वि.स. २०६८ सालमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधि जारी गरेपश्चात बालमैत्री स्थानीय शासन मुलुकभर विस्तार भएको हो । यस कार्यमा युनिसेफ नेपाल, स्वशासन अध्ययन प्रतिष्ठान, वर्ल्ड भिजन नेपाल, सेभ द चिल्ड्रेन, प्लान नेपाल लगायत अन्य केही संघ संस्थाहरुले नेपाल सरकारलाई प्राविधिक सहयोग उपलव्ध गराएका छन् । विपद्का सन्दर्भमा बालबालिकाहरु अन्य उमेर समुहका व्यक्तिहरु भन्दा वढि जोखिममा हुन्छन्, किनभने उनीहरु शारिरीक एवं मानसिक रुपले कमजोर हुनुका साथै उनीहरुमा विपद्का घटनावाट वच्न आवश्यक ज्ञान, सिप र अनुभवको कमि हुन्छ । वि.सं. २०७२ सालको भुकम्पवाट प्रभावित जनसंख्या मध्ये ३१ प्रतिशत बालबालिकाहरु रहेको तथ्यांक छ । विपद् उत्थानशिल राष्ट्र निर्माणको लागि वाल्यकालवाटै उत्थानशिलता सम्वन्धि ज्ञान शिप र क्षमताको विकास गर्न आवश्यक र अपरिहार्य छ । |
| बालमैत्री स्थानीय शासनमा स्थानीय सरकारका आगामी कार्यहरु के हुन सक्छ ? |
| नीतिगत सुधारः हालका नीति, नियम, रणनीति, कार्यविधि, निर्देशिका, आचार संहिता आदिमा आवश्यक सुधार र परिमार्जन । आवश्यकता अनुसार बालमैत्री कानून, नीति नियम, रणनीति, कार्यविधि, निर्देशिका, आचार संहिता, आदि तयारी र कार्यान्वयन ।
बालबालिकाको लागि योजनाः स्थानीय सरकारले तयार गर्ने वार्षिक, आवधिक र दीर्घकालीन योजनामा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरु समावेश गर्ने । सम्पूर्ण भौतिक संरचना बालमैत्री, लैङगिकमैत्री तथा अपाङ्गमैत्री बनाउने । बालबालिकाको लागि लगानीः सबै स्थानीय तहहरुले कूल पुँजीगत बजेटको अधिकतम (१५ प्रतिशत भन्दा कम नहुने गरि) रकम बालबालिकाको लागि लगानी गर्ने । बालबालिकाको आवाजको सम्मानः विद्यालय र स्वास्थ्य व्यवस्थापन समिति, टोल विकास संस्था, योजना तर्जुमा समिति, बालमैत्री स्थानीय शासन समितिमा बालबालिकाको समतामूलक र अर्थपूर्ण सहभागिता गराउने । स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सहभागिता गराउने । वार्षिक बाल भेला गरी बालबालिकाको योजना तर्जुमा गर्ने । नेतृत्व तथा समन्वयः बालबालिकाका लागि गरिने कामको प्रभावकारिताका लगि स्थानीय सरकारले नेतृत्व लिने र संवन्धित सबै सरोकार तथा साझेदार निकायसँग समन्वय गर्ने । |
| ३. विपद् व्यवस्थापन |
|---|
| क. विपद् के हो? स्थानीयतहमा विपद् व्यवस्थापन कसरी गर्ने ?
हामि सामान्य बेलिचालिको भाषामा प्रकोप र विपद्लाई संगै जोडेर हेर्ने गर्दछौ । आम मानिसहरु यसलाई प्राकृतिक प्रकोप समेत भन्ने गर्दछन् । तर यथार्थमा यो अलिक फरक विषय हो । प्रकोप प्राकृतिक तथा मानव सृजित दुवै हुन्छ । यि दुवै प्रकोपहरु (प्राकृतिक वा मानविय) त्यस्ता घटनाहरु हुन् जसले वातावरण, धन र जनको क्षति गर्न सक्ने संभावना बढी हुन्छ । यिनिहरु विपद्को कारकतत्व बन्न सक्दछन् । प्रकोपले मानवीय तथा भौतिक क्षति नगर्न पनि सक्दछ, तर विपद् भनेको मानवीय वा भौतिक क्षति हुनु हो । त्यसैले विपद् भन्नाले भूकम्प, आगलागी, बाढी, पहिरो, खडेरी, माहामारी, शीतलहर आदि जस्ता प्राकृतिक र मानव सृजित प्रकोपबाट मानिसहरुको मृत्यु हुने, घाइते हुने, धनजनको क्षति हुने, समाजमा अस्त व्यस्तता ल्याउने र तत्काल सहयोग चाहिने अवस्था हो । यस्तो सहयोग आन्तरिक वा वाह्य वा दुवै तहवाट हुन पर्ने हुन्छ । प्रकोपको व्यवस्थापन गर्न सकेमा विपद्लाई कम गर्न सकिन्छ । नेपालमा देहायका विषयहरु विपद्को बढदो घटना संग अन्तरनिहित छन्ः
विपद जोखिम न्यूनीकरण विषयमा देहायका चार प्राथमिकता प्राप्त क्षेत्रहरुलाई नेपालले स्थानीयकरण गर्दैछ ।
|
| ४. सूचकहरु |
|---|
| ४.१ वातावरणमैत्री सार्वजनिक कार्यालयका सूचकहरु |
|
| ४.२ सहयोगी सूचकहरु |
वातारणमैत्री स्थानीय शासन कार्यान्वयन गरी नतिजा हासिल गर्न स्थानीय तहले देहायका कार्यहरुमा ध्यान दिन सुझाव गरिएको छः
|