| यस प्रारुपको कार्यान्वयनको लागि देहाय बमोजिमको संस्थागत व्यवस्था गरिएको छ |
|---|
![]() |
| १. वातावरणमैत्री स्थानीय शासन राष्ट्रिय समन्वय समिति | ||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| यस प्रारुपको उद्देश्य प्राप्तिका लागि आवश्यक नीतिगत निर्देशन, समन्वय र सहजीकरणका लागि देहाय बमोजिमको राष्ट्रिय समन्वय समिति रहनेछ: | ||||||||||||||||||||||
|
||||||||||||||||||||||
यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
|
| २. वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति | ||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| वातावरणमैत्री स्थानीय शासन सम्बन्धी क्रियाकलापहरुको जिल्लास्तरमा गरिने मूल्याङ्कन, समन्वय र सहजीकरणका लागि देहाय बमोजिमको वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति रहनेछ: | ||||||||||||||||||||||
|
||||||||||||||||||||||
भू-संरक्षण कार्यालय एवम् राष्ट्रिय निकुञ्ज तथा आरक्ष पर्ने जिल्लामा उक्त निकायका प्रमुखलाई सदस्यको रूपमा आमन्त्रित गर्नु पर्नेछ। यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
|
| 3. वातावरणमैत्री स्थानीय शासन गाउँ/नगर समन्वय समिति | ||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| वातावरणमैत्री स्थानीय शासनको प्रारुपको कार्यान्वयनका लागि गाउँ/नगरपालिकामा देहाय बमोजिमको गाउँ/नगर समन्वय समिति रहनेछ: | ||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||
यस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
|
| ४. वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| वातावरणमैत्री स्थानीय शासनको प्रारुपको कार्यान्वयनका लागि गाउँ/नगर पालिकाको वडा तहमा देहाय बमोजिमको वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति रहनेछ: | ||||||||||||||||
|
||||||||||||||||
यस समितिको काम, कर्तव्य, अधिकार एवं जिम्मेवारी देहाय बमोजिम हुनेछः
|
| ५. कार्यान्वयन रणनीति, कार्यनीति/प्रक्रिया |
|---|
१.रणनीति
|
| २. कार्यान्वयन प्रक्रिया |
| १. प्रचार–प्रसार
श्रव्य-दृष्य, छापा, सामाजिक सञ्जाल एवम् अन्य उपयुक्त सञ्चार माध्यमबाट सन्देशमूलक सूचना प्रचार–प्रसार गरी घर–परिवारलाई आफ्नो घर तथा टोल बस्तीलाई आफ्नो टोल बस्ती एवम् समग्र गाउँ तथा नगरपालिकालाई वातावरणमैत्री बनाउन प्रेरित गरिनेछ। यस्ता सूचनामूलक सामग्री सरल भाषामा तयार गरी स्थानीय समुदायसम्म पुर्याईनेछ। साथै सरोकारवालाहरूलाई यस अवधारणाको बारेमा अभिमुखीकरण गरिनेछ। यस्तो अभिमुखीकरण हरेक समुदाय, विद्यालय तथा गाउँमा समेत सञ्चालन गरिनेछ। २. आधार तथ्याङ्क सङ्कलन, विश्लेषण तथा अद्यावधिक स्थानीय तहले यस प्रारूप बमोजिमका सूचकहरुको अवस्थाको विवरण सङ्कलन गर्न आवश्यकता अनुसार फारामहरूको विकास गर्नु पर्नेछ। सङ्कलन भएका विवरणका आधारमा सूचकहरुको अवस्था नियमित रुपमा अद्यावधिक गरी सो सम्बन्धी वार्षिक उपलब्धि प्रतिवेदन समेत तयार गर्नु पर्नेछ। यसरी तयार भएको प्रतिवेदन सबैको जानकारीका लागि कार्यालयको वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ। 3. संस्थागत व्यवस्था यस प्रारूप बमोजिम जिल्ला तहमा वातावरणमैत्री स्थानीय शासन जिल्ला समन्वय समिति, नगरपालिकाहरूमा वातावरणमैत्री स्थानीय शासन नगर समन्वय समिति, गाउँपालिकाहरूमा वातावरणमैत्री स्थानीय शासन गाउँ समन्वय समिति र गाउँ तथा नगरका वडामा वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति गठन गर्नु पर्नेछ। विभिन्न तहमा क्रियाशील रहेका वातावरण संरक्षण, फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालाई यस प्रारूप बमोजिमका सूचकहरू प्राप्त गर्नेगरी परिचालन र समन्वय गर्ने कार्य सम्बन्धित वातावरणमैत्री स्थानीय शासन वडा, गाउँ/नगर तथा जिल्ला समन्वय समितिले गर्नेछन्। ४. क्षमता विकास (अ) टोल-समुदाय तह
क्षमता विकास सम्बन्धी उपरोक्त क्रियाकलापहरु वातावरणमैत्री स्थानीय शासन वडा समन्वय समिति मार्फत सञ्चालन गर्न उपयुक्त हुन्छ। (आ) वडा तह वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, विद्यालयका सम्बन्धित विषय शिक्षक तथा सामाजिक परिचालकहरूलार्ई वातावरणमैत्री स्थानीय शासनको अवधारणा, घर-परिवार तथा वडा तहका सूचकहरू, सूचक हासिल गर्ने विधि र प्रक्रिया, मापन गर्ने विधि र प्रक्रियाबारे सम्बन्धित वडा वा गाउँपालिका/नगरपालिकाले आफै वा वडाको अगुवाइमा अभिमुखीकरण गर्नु पर्नेछ। (इ) गाउँपालिका/नगरपालिका तह
|
तहगत खुड्किलाहरु:
|
