| वातावरणमैत्री स्थानीय शासनका सूचकहरू मध्ये आ-आफ्नो कार्यक्षेत्र सम्बन्धी सूचकहरू हासिल गर्नेगरी नीति, रणनीति तथा कार्यनीति तयार गरी सो बमोजिम आवश्यक लगानी, समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी सबै सरोकारवाला निकायहरूको हुनेछ । तथापि प्रमुख सरोकारवाला निकायहरूको भूमिका तथा जिम्मेवारी यस प्रकार हुनेछः |
| २.३.१ संघस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका |
(१) राष्ट्रिय योजना आयोग
- विषय क्षेत्रगत तथा वहुसरोकारका विषय र वातावरणमैत्री स्थानीय शासन सम्बन्धी नीति तथा रणनीतिहरु विच सामन्जस्यता कायम गर्ने,
- सबै सरकारी एवं गैर सरकारी क्षेत्रमा वातावरणमैत्री स्थानीय शासन पद्धतिलाई मूलप्रवाहीकरण गर्न नीतिगत निर्देशन दिने एवं साझेदारी स्थापना गर्ने, गराउने,
- वातावरणमैत्री स्थानीय शासन सम्बन्धी दीर्घकालीन तथा आवधिक योजना तर्जुमामा सहयोग र समन्वय गर्ने,
- वातावरणमैत्री योजना र कार्यक्रमलाई सरकारको नीति र कार्यक्रमको प्रमुख प्राथमिकतामा राखी यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सामन्जस्य गर्ने ।
(२) अर्थ मन्त्रालय
- सम्वन्धित मन्त्रालयको अनुरोधमा वातावरणमैत्री स्थानीय शासन पद्धतिको संस्थागत विकास एवं प्रवर्धन गर्न आवश्यक बजेट व्यवस्था गर्ने,
- वातावरणमैत्री स्थानीय शासन संचालनका लागि आवश्यक बाह्य स्रोत जुटाउन सहयोग र समन्वय गर्ने,
(३) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि समन्वय गर्न राष्ट्रिय सचिवालयको रूपमा रही काम गर्ने,
- सूचकहरू हासिल गर्न स्थानीय तहको क्षमता विकासका कार्यहरू सञ्चालन गर्ने,
- नीतिगत समन्वय तथा सहजीकरण र वहस पैरवी गर्ने,
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरूलाई स्थानीय तहको निमित्त तयार गरिने नमूना कार्यविधि एवम् निर्देशिकाहरूमा मूलप्रवाहीकरण गर्ने,
- हरितनगर, पर्यटकीय नगर, धार्मिक नगर जस्ता विशेष विशेषतायुक्त सूचकहरू तयार गर्ने,
- वातावरणमैत्री स्थानीय तहहरुको अभिलेख अद्यावधिक गर्ने,
- मन्त्रालयको अनुगमन संरचनामा यसका सूचकहरूलाई समावेश गर्ने,
- केन्द्रीयस्तरका कार्यालयको वातावरणमैत्री कार्यालयका सूचक प्राप्तीको मूल्याङ्कन गरी लोगो एवम् कदर पत्रका लागि राष्ट्रिय समन्वय समिति समक्ष सिफारिस गर्ने,
- (झ) आवश्यक अन्य कार्यहरू गर्ने ।
(४) कृषि तथा पशुपन्छी विकास मन्त्रालय
- कृषि विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन गर्दा जलवायु अनुकुलन कृषि तथा वातावरणीय पक्षलाई ध्यान दिने,
- व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणाली अवलम्वन गर्दा वातावरणीय पक्षमा ध्यान दिने,
- मन्त्रालयको काम संग सम्बन्धि वातावरणमैत्री स्थानीय शासनका सूचकहरु प्राप्त गर्न सहयोग गर्ने,
- प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण, संबर्धन एवम् सदुपयोग गर्ने ।
(५) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
- विद्युत प्रणाली विकास गर्दा वातावरणीय पक्षमा ध्यान दिने,
- जलस्रोतको उपयोग र व्यवस्थापन गर्दा वातावरणीय पक्षमा ध्यान दिने,
- कृषि उत्पादनका लागि आवश्यक सिंचाई उर्जाको प्रवन्ध मिलाउने,
- मन्त्रालयको काम संग सम्बन्धि वातावरणमैत्री स्थानीय शासनका सूचकहरु प्राप्त गर्न सहयोग गर्ने ।
(६) वन तथा वातवरण मन्त्रालय
- वन तथा जलाधार संरक्षण गर्दै कृषियोग्य भूमिको संरक्षण र उत्पादकत्वमा बृद्धि, पानीमुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धिकरण जस्ता मानव स्वास्थ्य रक्षा एवं प्रकृति संरक्षण र वातावरणीय स्वच्छता सम्वन्धि कार्य गर्ने,
- सम्वेदनशील भू-धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक वनावट भएका क्षेत्रको पहिचान गरी वातावरण संरक्षण सम्वन्धी कार्य गर्ने,
- हरित विकासको अवधारणा अनुरुप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री वनाउन सहयोग गर्ने,
- दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षण सम्बन्धी कार्य गर्ने,
- मन्त्रालयको काम संग सम्बन्धि वातावरणमैत्री स्थानीय शासनका सूचकहरु प्राप्त गर्न सहयोग गर्ने ।
(७) विकास साझेदार
- वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न तिनै तहका सरकारलाई सघाउने,
- वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, फोहरमैला एवम् विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्दा वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न समन्वय र सहयोग गर्ने,
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न आवश्यक क्षमता विकासका कार्यक्रम, प्रचार÷ प्रसार र उत्प्रेरणा सम्बन्धी कार्यहरू सम्पादन गर्न सहयोग र सहकार्य गर्ने ।
(८) स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
- स्थानीय तहको प्रशासकीय एवम् व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न संचालन गरिने तालिम कार्यक्रमहरुमा वातावरणमैत्री स्थानीय शासन सम्बन्धी नीतिगत, कार्यक्रमगत तथा नतिजागत विषयहरुलाई स्थान दिने,
- क्षमता विकास सम्बन्धी तालिममा बातावरणमैत्री अवधारणा समावेश गर्ने,
- अनुसन्धान तथा परामर्श सेवा सम्बन्धी कार्यहरुमा वातावरणमैत्री स्थानीय शासन सम्बन्धि विषय समावेश गर्ने,
- प्रशिक्षक प्रशिक्षण (ToT) को विषयवस्तुमा वातावरणमैत्री स्थानीय शासनको विषय समावेश गर्ने ।
(९) स्थानीय तहका संघ, महासंघहरु
- वातावरणमैत्री स्थानीय शासन सम्बन्धी अनुभव आदान प्रदान गर्ने व्यवस्था मिलाउने,
- वातावरणमैत्री स्थानीय शासन पद्धतिको प्रवर्धन गर्न सम्बन्धित संघ÷महासंघहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्ने र श्रोत परिचालनमा सहयोग गर्ने,
- वातावरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यको अनुगमन र मूल्याङ्कन गर्ने, गराउने ।
|
| २.३.२ प्रदेशस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका |
(१) वातावरण संग सम्बन्धित कार्य गर्ने प्रदेश सरकारका मन्त्रालय(हरु)
- कृषियोग्य भूमि, पानीमुहान, वन्यजन्तु र जैविक विविधता सम्वन्धी कार्यमा स्थानीय तहलाई सहयोग गर्ने,
- वातावरणमैत्री स्थानीय शासनको प्रवर्धनमा स्थानीय तहलाई सहयोग गर्ने,
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरु पुरा गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने ।
(२) प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र
- स्थानीय तह र वडा तथा समुदाय तहका लागि वातावरणमैत्री स्थानीय शासन सम्बन्धी तालिम संचालन गर्ने,
- आ-आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न संचालन गरिने प्रशिक्षणमा वातावरणमैत्री स्थानीय शासनको अवधारणालाई स्थान दिने,
- स्थानीय तहको क्षमता विकास योजना तर्जुमा गर्दा वातावरणमैत्री स्थानीय शासनका सूचकहरु समेत समावेश गर्ने,
- प्रशिक्षण सामाग्री तयार गर्ने तथा परामर्श सेवा एवं ज्ञान ब्यवस्थापन सम्बन्धी कार्यहरु गर्दा वातावरणमैत्री स्थानीय शासनको अवधारणाको स्मरण गर्ने,
- क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दा प्राप्त हुने ज्ञान र अनुभवलाई वातवरणीय दृष्टिले विश्लेषण गरी प्रतिवेदन तयार गर्ने ।
|
| २.३.३ जिल्ला र स्थानीयस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका |
(१) जिल्ला समन्वय समिति
- वातवरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यको लागि सम्पर्क डेस्कको व्यवस्था गर्ने,
- संघ तथा प्रदेश सरकार मातहतका जिल्लास्तरीय कार्यालय र अन्य साझेदार निकाय बीचमा सम्पर्क, समन्वय र साझेदारी विकास गर्न समन्यकारी भूमिका निर्वाह गर्ने,
- विभिन्न निकायबाट संचालन भएका वातावरणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रमहरुको सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने,
- वातावरणमैत्री स्थानीय शासनको अनुगमन गरी प्रतिवेदन तयार गर्ने र आवधिक प्रगति समीक्षा गरी कार्यक्रम संचालनमा देखा परेका समस्याहरु निराकरण गर्न समन्वय र सहजीकरण गर्ने,
(२) गाँउ÷नगरपालिका
- वातावरणमैत्री स्थानीय शासनका नतिजा हासिल गर्न साधन-स्रोतको परिचालन गर्ने,
- आफ्नो क्षेत्रमा वातावरण संरक्षणसँग सम्बन्धित कार्य गर्ने सबै सरकारी निकायहरू, विकास साझेदार, गैरसरकारी सङ्घ, संस्था तथा निजी क्षेत्रलाई वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न समन्वय, सहजीकरण तथा सहकार्य गर्ने,
- आ-आफ्नो भौगोलिक क्षेत्र भित्रका घर, परिवार, टोल÷वस्ती, वडा सहित आफ्नो गाँउ÷ नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्न प्रयत्नरत रहने ।
(३) विषयगत शाखा÷कार्यालय
- वातावरणमैत्री स्थानीय शासन पद्धतिको प्रवर्धन गर्न स्थानीय तहलाई सहयोग र समन्वय गर्ने,
- आ-आफ्नो क्षेत्रमा संचालन हुने कार्यक्रमलाई वातावरणमैत्री ढंगवाट संचालन गर्ने,
- आ-आफ्नो क्षेत्रका वातावरणमैत्री स्थानीय शासन सम्बन्धी सूचक प्राप्त हुनेगरी योजना तर्जुमा र कार्यान्वयन गर्ने,
- वातावरणमैत्री स्थानीय शासन सम्बन्धी भएका क्रियाकलाप तथा प्रगति विवरणको सूचना अद्यावधिक र सम्प्रेषण गर्ने,
- आ-आफ्नो क्षेत्रबाट हुने विकास निर्माण कार्यलाइ वातावरणमैत्री बनाउने ।
(४) सामुदायिक तथा सहकारी सङ्घ, संस्था
- सामुदायिक तथा सहकारी संस्थाका सदस्यहरूलाई वातावरणमैत्री स्थानीय शासनका घरपरिवार तह र टोल तहका आधारभूत सूचकहरू हासिल गर्न प्रेरित गर्ने,
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न सहयोग पुग्नेगरी आफ्नो क्रियाकलाप सञ्चालन गर्ने,
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरू प्राप्त हुनेगरी सम्बन्धित स्थानीय तहसँग साझेदारी तथा सहकार्य गर्ने ।
|
| २.३.४ अन्य |
(१) गैरसरकारी संस्थाहरु
- सम्बन्धित स्थानीय तहको वार्षिक योजना तथा कार्यक्रममा संस्थाका क्रियाकलापहरु समावेश गरी स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्नेगरी उपलब्ध स्रोतको परिचालन गर्ने,
- स्थानीयस्तरका सामुदायिक एवम् सामाजिक संघ, संस्थाहरूलाई वातावरणमैत्री स्थानीय शासनका सूचकहरू मापन गर्न आवश्यक पर्ने क्षमता विकास सम्बन्धी कार्यहरू सञ्चालन गर्न सहयोग गर्ने,
- वातावरणमैत्री स्थानीय शासनको अवधारणालाई घर-परिवारसम्म पुर्याउन स्थानीय तहसँगको समन्वयमा सामाजिक परिचालनका कार्यहरू सञ्चालन गर्ने,
- घर-परिवार, टोलबस्ती एवम् स्थानीय तहहरूबीच सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न उत्प्रेरकको काम गर्ने ।
(२) निजी क्षेत्र
- उद्योग व्यवसाय सञ्चालन गर्दा वातावरणमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न सहयोग पुग्ने गरी गर्ने,
- सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) को रूपमा बिनियोजन हुने रकम वातावरणमैत्री स्थानीय शासनका सूचक हासिल गर्न सहयोग पुग्ने गरी लगानी गर्ने,
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरू प्राप्त हुने गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग साझेदारी तथा सहकार्य गर्ने ।
|