- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- लिङ्क: EFLG को मूल लक्ष्य “स्थानीय तहमा दिगो, पारदर्शी र वातावरणमैत्री शासन” हो।
- व्याख्या: यस ऐनले स्थानीय तहलाई फोहर व्यवस्थापन, सरसफाई, जलस्रोत, वन र जैविक विविधता संरक्षण गर्न अधिकार र जिम्मेवारी दिएको छ।
- EFLG प्रभाव: स्थानीय तहले स्थानीय वातावरण मैत्री योजना निर्माण र कार्यान्वयन गर्न सक्छ।
- वातावरण संरक्षण ऐन, २०७६
- EFLG को “प्राकृतिक स्रोतको दिगो प्रयोग” र “प्रदूषण न्यूनिकरण” गर्ने उद्देश्यलाई सघाउने ।
- व्याख्या: EIA/IEE अनिवार्य, प्रदूषण नियन्त्रण, प्रदुषण शुल्क र वातावरणीय दण्ड।
- EFLG प्रभाव: स्थानीय तहको निर्णय र योजना वातावरणीय दृष्टिले जिम्मेवार बन्ने।
- फोहर व्यवस्थापन ऐन, २०६८
- EFLG को “हरित र स्वच्छ नगरपालिका” प्रबर्धन गर्ने उद्देश्य रहेको ।
- व्याख्या: फोहर वर्गीकरण, पुनः प्रयोग र पुनर्चक्रणको कानूनी आधार, दण्ड जरिवानाको स्पष्ट व्यवस्था।
- EFLG प्रभाव: स्थानीय तह स्रोतमैत्री फोहर व्यवस्थापन अपनाउने।
- वन ऐन, २०७६
- EFLG को “प्राकृतिक स्रोतको संरक्षण” र “जैविक विविधता संरक्षण” उद्देश्य लाई परिपूर्ति गर्न सघाउने।
- व्याख्या: सामुदायिक र स्थानीय वन व्यवस्थापन।
- EFLG प्रभाव: स्थानीय वन संरचना र हरियाली विस्तारमा स्थानीय तह सक्रिय।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६
- EFLG को “सुरक्षित र दिगो समुदाय निर्माण” उद्देश्य लाई सघाउने ।
- व्याख्या: स्थानीय तह विपद् तयारी, जोखिम न्यूनिकरण, राहत र पुनःस्थापनामा जिम्मेवार।
- EFLG प्रभाव: जलवायु अनुकूलन र विपद् प्रतिरोधात्मक स्थानीय योजना।
- खानेपानी तथा सरसफाई ऐन, २०७९ र नियमावली, २०८१
- EFLG को “सफा र स्वस्थ समुदाय निर्माण” को उद्देश्यमा सघाउने ।
- व्याख्या: सुरक्षित पानी, सरसफाई र ढल व्यवस्थापन।
- EFLG प्रभाव: स्थानीय तहले स्वच्छता, फोहर र जल व्यवस्थापन कार्यक्रम लागू गर्न सक्छ।
- भवन ऐन, २०५५
- EFLG को “हरित पूर्वाधार र दिगो शहरी विकास” उद्देश्य परिपूर्ति लाई सघाउने ।
- व्याख्या: सुरक्षित, ऊर्जा दक्ष र वातावरणमैत्री भवन निर्माण।
- EFLG प्रभाव: स्थानीय तह ग्रीन बिल्डिङ्स र प्लानिङ प्रवर्द्धन।
- भू-उपयोग सम्बन्धी ऐन, २०७६ र नियमावली, २०७९
- EFLG को “भूमि दिगो उपयोग र शहरी–ग्रामीण योजना” उद्देश्यलाई सघाउने ।
- व्याख्या: भूमिको वर्गीकरण र दिगो उपयोग।
- EFLG प्रभाव: स्थानीय तहले भू-उपयोग योजना मार्फत वातावरणमैत्री शहरी/ग्रामीण विकास सुनिश्चित।
- पशु बधशाला तथा मासु जाँच ऐन, २०५५
- EFLG को “स्वस्थ र सुरक्षित खाद्य प्रणाली” उद्देश्य लाई सघाउने ।
- व्याख्या: स्वास्थ्यकर, सफा र स्वच्छ मासु उत्पादन।
- EFLG प्रभाव: स्थानीय तहले जनस्वास्थ्य उद्योग नियमन।
- जिवनाशक विषादी ऐन, २०४८
- EFLG को “जैविक विविधता संरक्षण र वातावरणीय सुरक्षा” उद्देश्यमा टेवा पुर्याउने ।
- व्याख्या: विषादीको दर्ता, प्रयोग र नियन्त्रण।
- EFLG प्रभाव: स्थानीय तह जैविक खेती र पर्यावरणमैत्री कृषि अभ्यास सुनिश्चित।
- खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५
- EFLG को “सुरक्षित, पोषिलो र पर्याप्त खाद्य पहुँच” उद्देश्य।
- व्याख्या: नागरिकलाई खाद्य अधिकार सुनिश्चित।
- EFLG प्रभाव: स्थानीय तहले खाद्य सुरक्षा कार्यक्रम संचालन र विकास।
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१
- लिङ्क: EFLG को “खाद्य सुरक्षा र सार्वजनिक स्वास्थ्य” उद्देश्य।
- व्याख्या: खाना उत्पादन, भण्डारण र वितरणमा गुणस्तर र स्वच्छता सुनिश्चित।
- EFLG प्रभाव: स्थानीय तह खाद्य बजार अनुगमन र नियमन।
- कृषि जैविक विविधता नीति, २०६३
- EFLG को “जैविक विविधता संरक्षण र दिगो कृषि” उद्देश्य।
- व्याख्या: स्थानीय बीउबिजन र परम्परागत कृषि ज्ञानको संरक्षण।
- EFLG प्रभाव: सामुदायिक खेती र जैविक कृषि प्रवर्द्धन।
- सोह्रौं आवधिक योजना, २०८१/८२–२०८४/८५
- EFLG को “दिगो, हरित र जलवायु अनुकूल विकास” उद्देश्य।
- व्याख्या: राष्ट्रिय स्तरमा हरित पूर्वाधार, नवीकरणीय ऊर्जा र स्थानीय शासन सुदृढीकरण।
- EFLG प्रभाव: स्थानीय तहले योजना कार्यान्वयन गर्दा दिगो विकास लक्ष्य र जलवायु अनुकूलन समायोजन
|