- स्थानीय सरकार सञ्चालन ऐन, २०७४: यस ऐनले स्थानीय तहलाई फोहर व्यवस्थापन, सरसफाई, जलस्रोत, वन र जैविक विविधता संरक्षण गर्न स्पष्ट अधिकार र जिम्मेवारी दिएको छ।स्थानीय तहले उक्त कार्यहरु कार्यान्वयन गर्न EFLG प्रारुपले स्पष्ट दिशानिर्देश सहित सहजीकरण गर्छ।
- वातावरण संरक्षण ऐन, २०७६: “प्राकृतिक स्रोतको दिगो प्रयोग” र “प्रदूषण न्यूनिकरण” गर्ने ऐनको उद्देश्यलाई व्यवहारिक रुपमा कार्यन्वयनमा ल्याउन EFLG ले सघाउने ।
- फोहर व्यवस्थापन ऐन, २०६८: फोहर वर्गीकरण, पुनः प्रयोग र पुनर्चक्रणको कानूनी आधार, दण्ड जरिवानाको स्पष्ट व्यवस्था गरेको यो ऐनको मूल उद्देस्य “सफा, सुन्दर र स्वच्छ पालिका” कार्यन्वयन गर्न औजारको रुपमा EFLG लाइ लिन सकिन्छ ।
- वन ऐन, २०७६: ऐनले राखेको “प्राकृतिक स्रोत संरक्षण” र “जैविक विविधता संरक्षण” गर्ने उद्देश्य लाई परिपूर्ति गर्न EFLG ले सघाउने।सामुदायिक र स्थानीय वन व्यवस्थापनमा स्थानीय तहको नेतृत्वदायी भूमिका व्यवहारमा उतार्न र समुदायको स्वामित्व प्रबर्द्धन गर्न EFLG महत्वपूर्ण औजारको रुपमा रहेको छ ।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६: ऐनले स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि तयारी, जोखिम न्यूनिकरण, राहत र पुनःस्थापनामा जिम्मेवार बनाएको र EFLG ले जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण सम्बन्धि स्थानीय योजना बनाउनुपर्ने, विपद व्यवस्थापन कोषको स्थापना र संचालन गर्नुपर्ने, जोखिम सम्बेदनशील भू उपयोग योजना बनाउनु पर्ने जस्ता स्पष्ट सूचकहरु प्रारुपमा समावेश गरि कार्य जिम्मेवारीलाई थप स्पष्ट पारि कार्यन्वयन गर्न सहजीकरण गर्छ ।
- खानेपानी तथा सरसफाई ऐन, २०७९ र नियमावली, २०८१: ऐनले मूलतः सुरक्षित पानी, सरसफाई र ढल व्यवस्थापनका लागि कानूनी व्यवस्था गरेको छ । यी बिषयहरु हाशिल गर्न सूचक सहित EFLG ले तहगत जिम्मेवारी समेत बांडफांड गरेको छ । ऐनले गरेको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न महत्वपूर्ण औजार हो EFLG ।
- भवन ऐन, २०५५: भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता अनुकुल स्थानीय भवन संहिता र मापदण्ड तयार भएको, भवन निर्माण गर्दा भवन निर्माण संहिता र मापदण्ड अनिवार्य गर्ने गरिएको, नक्सा पास सम्बन्धी स्थानीय मापदण्डलाई भवन निर्माण संहितासँग आबद्ध गरिएको जस्ता EFLG का सूचकहरुले भवन ऐनको कार्यन्वयनमा प्रत्येक्ष सहयोग गरेका छन् को ।
- भू-उपयोग सम्बन्धी ऐन, २०७६ र नियमावली, २०७९: नेपाल सरकारको नीति अनुरुप नगरको जोखिम संवेदनशिल भूउपयोग योजना तयार गरिएको, प्राकृतिक स्रोतको दिगो र एकीकृत व्यवस्थापनका लागि भौतिक पूर्वाधारको निर्माण गर्दा वातावरणमैत्री संरचना निमार्णलाई प्राथमिकता दिने गरेको, पालिकाभित्र सञ्चालन हुने आयोजनाहरुको वातावरणीय अध्ययन गर्ने गरेको जस्ता EFLG मा रहेका सूचकहरुले भूमिको बर्गिकरण र दिगो उपयोग गर्ने ऐनको उद्देस्य परिपूर्ति गर्न सघाउछन् ।
- जिवनाशक विषादी ऐन, २०४८: “जैविक विविधता संरक्षण र वातावरणीय सुरक्षा” ऐनको उद्देश्य रहेको छ । यो उद्देश्य हाशिल गर्न EFLG का जैविक विविधतामैत्री संरक्षण र सम्वर्द्धनको लागि नीति र कार्ययोजना बनाई कार्यान्वयन गरेको, पालिका क्षेत्रमा कम्तीमा एउटा जैविक विविधतायुक्त पार्क सञ्चालनमा रहेको जस्ता ठोस र स्पष्ट सूचकले कार्यन्वयनमा टेवा पुर्याउने ।
- खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, कृषि जैविक विविधता नीति, २०६३: नागरिकलाई सुरक्षित, पोषिलो र पर्याप्त खाद्य पहुँच, खाद्य सूरक्षा, स्वच्छ र स्वस्थ खाद्य पदार्थको आपूर्ति जस्ता आवस्यकता पुरा गर्ने उद्देश्यले उक्त ऐनहरु जारि भएका हुन् ।उक्त उद्देश्यहरु हाशिल गर्न वातावरणमैत्री स्थानीय शासन ले सूचकमा धेरै क्रियाकलापहरु समावेश गरेको छ ।
|