१ खाद्य सुरक्षा
| १.१ परिचय |
|---|
खाद्य सुरक्षा एक बहुआयामिक विषय हो । सामान्यतया खाद्य सुरक्षालाई सफा र पर्याप्त खाद्यान्नको उपलब्धतासँग जोडेर हेर्ने गरेको पाईन्छ । तर पोषण तथा खाद्य सुरक्षा खाद्यान्नको पर्याप्ततासँग मात्र जोडिएको विषय नभई यो खाद्यान्नमा हुने भौतिक तथा आर्थिक पहुँच र खाद्यान्नको उपयोग सम्बन्धी मानवीय व्यवहारसँग पनि सम्बन्धित छ । तसर्थ सक्रिय र स्वस्थ मानव जीवनका लागि चाहिने आवश्यक, सफा, सुरक्षित, पोषणयुक्त खाद्यान्नमा सबैको पहुँच सुनिश्चित भएको अवस्थालाई पोषण तथा खाद्य सुरक्षाको अवस्था भनिन्छ । खाद्य सुरक्षा अल्पकालीन र दीर्घकालीन दुवै प्रकृतिको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार “प्राकृतिक तथा दिगो प्रक्रियाद्वारा खाद्यान्नको उत्पादन र सम्मानजनक वितरणको अवस्थालाई खाद्य सुरक्षा भनिन्छ।” प्रत्येक व्यक्तिको सधैं पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफ्नो आवश्यकता र चाहना अनुरूपको खानामाथि भौतिक र आर्थिक पहुँच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिन्छ । तथापि सामान्य अर्थमा खाद्य सुरक्षा भन्नाले सबै मानिसले पर्याप्त, पौष्टिक, सुरक्षित र पहुँचयोग्य खाना प्राप्त गर्ने अवस्था हो । खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, खाद्य सुरक्षा देहायका चार स्तम्भमा आधारित हुन्छ ।
|
| १.२ नेपालमा खाद्य सुरक्षाका चुनौतीहरू |
|
| १.३ खाद्य सुरक्षामा जलवायु परिवर्तनले पार्ने असर |
| जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, अनियमित वर्षा, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याका कारण माटोको गुणस्तर कमजोर हुने र यसले जमिनको क्षयीकरण समेत गर्ने हुँदा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कठिन हुन्छ । साथै यसले वाढी, पैह्रो, खडेरी, आगलागी जस्ता प्राकृतिक प्रकोपहरु देखा पर्दा बालीनाली नष्ट हुने सम्भावना अधिक हुन्छ । नेपालमा पनि जलवायु परिवर्तनका कारण कृषि बाली तथा पशुपंछीजन्य उत्पादन र उत्पादकत्व घटिरहेको छ । यसले प्रत्यक्ष रुपमा खाद्यान्न आपूर्तिमा असन्तुलन ल्याएको छ । यसरी खाद्य आपूर्तिमा कमी आउँदा बालबालिकामा कुपोषणको जोखिम बढाएको छ । पोषक तत्वको कमी हुन गई खाद्य सुरक्षाको अवस्था कमजोर भएको छ । खाद्यान्नको उपलव्धता, पहुँच र उपयोगमा नकारात्मक असर पारिरहेको छ । साथै खाद्य सामग्रीको मूल्य वृद्धि हुन जाँदा मानिसहरुको जीविकोपार्जनमा असर गरेको छ । यसले दिगो विकास लक्ष्य पूरा गर्ने प्रयासहरुमा समेत नकारात्मक प्रभाव पारेको छ । |
| १.४ खाद्य सुरक्षाको लागि ऊर्जा |
| नेपालले हालैका वर्षहरूमा खाद्य सुरक्षामा सुधार गरेको भए तापनि ४६ लाख मानिसहरू अझै पनि खाद्य असुरक्षित रहेको अनुमान गरिएको छ । यद्यपि, दुर्गम ग्रामीण क्षेत्रहरू विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा गम्भीर खाद्य सुरक्षाको अवस्था कमजोर छ । यहाँ वर्षभरिको लागि पर्याप्त खाद्यान्न उत्पादन हुँदैन । यहाँका मानिसहरु वर्षमा ९ महिनाभन्दा बढी समयसम्म आफ्नो खाद्य आवश्यकता पूरा गर्न आम्दानीका अन्य स्रोतहरूमा निर्भर रहन वाध्य छन् । नेपालमा खाद्य सुरक्षा कमजोर हुनुमा खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोप र ऊर्जा लगायत कमजोर पूर्वाधार मुख्य कारक रहेका छन् । फलफूल र तरकारी जस्ता उच्च मूल्यका कृषि बाली उत्पादन गर्न नवीकरणीय उर्जाको प्रयोग गरी पानी लिफ्टिङको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी, ऊर्जाद्वारा संचालित भण्डारण र ह्यान्डलिङ (जस्तै रेफ्रिजरेसन, सुकाउने, र प्याकेजिङ) ले उत्पादन पछिको खाद्य क्षतिलाई कम गर्छ । |
| १.५ खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरू |
खाद्य सुरक्षाको लागि जलवायु उत्थानशील कृषि एक प्रमुख आधार हुन सक्दछ । |
२ जलवायु उत्थानशील कृषि
| २.१ परिचय |
|---|
| जलवायु उत्थानशील कृषि भनेको यस्तो कृषि प्रणाली हो जसले जलवायु परिवर्तनका असरहरू (जस्तै: तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, सुख्खा, कीरा, रोग) को सामना गर्न सक्ने क्षमता राख्छ र दिगो रूपमा उत्पादन र जीविकोपार्जन सुनिश्चित गर्न सहयोग गर्दछ । यो जलवायु परिवर्तनबाट सृजना हुने जोखिम व्यवस्थापनको एक आधारभूत अवधारणा पनि हो । यस्तै उत्थानशील (Resilient) ले जलवायु तथा मौसममा हुने परिवर्तनहरूको प्रभावहरूको पूर्वानुमान गरी आवश्यक तयारी गर्दै कृषि प्रणालीलाई परिवर्तित वातावरण अनुकूलन गर्ने क्षमता राख्दछ । यसले कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने र जलवायु परिवर्तनको असर कम गरी कृषि प्रणाली अवलम्बन गर्न कृषकहरुको क्षमता विकासमा सहयोग गर्दछ । जलवायुमैत्री कृषि पद्धतिले कृषि उत्पादनलाई जलवायु अनुकूलन र न्यूनीकरणका प्रविधि र प्रक्रियाहरू मार्फत दिगो बनाउन मद्दत पुर्याउँदछ । जलवायुमैत्री कृषि पूर्ण रूपमा नयाँ पद्धति नभई वर्तमान अवस्थामा अभ्यास गरिएका असल अभ्यासहरूमा आधारित पद्धति हो जसले कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणलाई एउटा प्रमुख विषयको रूपमा समावेश गरेको छ । नेपालमा जलवायुमैत्री कृषिको प्रवर्धन तथा विस्तारबाट स्थानीय ज्ञान, सीप र प्रविधिहरूको उचित व्यवस्थापन गर्न सकिने, स्थानीय स्रोतको सही तथा दिगो परिचालन हुने, स्थानीय स्वरोजगारको सृजना गर्न सकिने, कृषि उत्पादनको लागत कम गर्न सकिने र कृषि प्रणालीको दिगो व्यवस्थापन गर्न सकिने सम्भावनाहरूलाई व्यवहारमा उतार्न सकिन्छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रले सामना गर्नुपर्ने चुनौती र यसको समाधान नखोजी आधुनिक कृषि पद्धति अपनाउँदा प्रति एकाई उत्पादनको लागत बढ्दछ । नेपालमा साना तथा मझौला कृषकहरूको संख्या बढी भएकोले प्रति एकाई कृषि उत्पादन गर्दा बढ्ने लागतले कृषकहरूको आर्थिक अवस्थामा थप चुनौती बढ्न सक्छ । यस्तो प्रकारको चुनौतीको सम्बोधन गर्नका लागि स्थान विशेष, कृषकहरूको क्षमतामा आधारित र स्थानीय स्रोतको सही उपयोग हुने कृषि प्रविधि अवलम्बन गर्नु आवश्यक हुन्छ ।खाद्य तथा कृषि संगठन (FAO) का अनुसार, जलवायु उत्थानशील कृषिलाई “जलवायु र चरम मौसममा हुने परिवर्तनको प्रभावको पूर्वानुमान गरी यसको असर कम गर्न आवश्यक तयारी गर्ने, अनुकूलन (Adaptation) गर्ने, अवशोषित (Absorb) गर्ने र पुनःप्राप्ति (Recover) गर्ने प्रणालीको क्षमता“ भनेर परिभाषित गरिएको छ । |
| २.२ जलवायु उत्थानशील कृषिका प्रमुख उद्देश्यहरू |
|
| २.३ जलवायु उत्थानशील कृषिका प्रमुख स्तम्भहरु |
|
| २.४ जलवायु परिवर्तन कारण कृषि क्षेत्रमा देखापरेका चुनौती तथा असरहरु |
चुनौतीहरु
असरहरू
|
| २.५ जलवायु उत्थानशील कृषिका केही प्रमुख विधिहरू |
२.५.१ उत्पादन व्यवस्थापन
२.५.२ जल तथा सिंचाइ व्यवस्थापन
२.५.३ माटो संरक्षण र गुणस्तर सुधार
२.५.४ पशुपालनमा सुधार
२.५.५ नविन प्रविधि, ज्ञान र सीपको व्यवस्थापन
|
| २.६ जलवायु उत्थानशील कृषि प्रवर्धनका रणनीतिहरू |
|
| २.७ नेपालमा जलवायु उत्थानशील कृषि गर्न सकिने केही उदाहरणहरु |
|
३ स्थानीय तहले गर्नु पर्ने कार्यहरु
|
४ निष्कर्ष
|
५ वन तथा वातावरण
| ५.१ परिचयः |
|---|
| सामाजिक, आर्थिक, वातावरणीय, साँस्कृतिक तथा पर्यावरणीय दृष्टिले वन सम्पदाको अहम् महत्व रहेको छ । खाद्य सुरक्षा, वायुको स्वच्छता, स्वच्छ पानीका श्रोतहरु, परम्परागत ज्ञान, भाषा, सँस्कृति र रहनसहन जस्ता बहुआयामिक महत्वसंग जोडिएर रहेको वन श्रोत र सम्पदा मानिसको जीवन पद्धतिसंग घनिष्टतम रुपमा गासिएको हुन्छ । वन जंगलले मानव जातिलाई प्रत्यक्ष रुपमा वातावरण संरक्षण, दैनिक जीवनयापन, उत्पादनको औद्योगीकरण र भण्डारणमा अमूल्य सहयोग पुर्याउदै आएको छ ।तर मानिसहरुको जीवनयापनमा परिवर्तन भई बस्ती निर्माण, शहरीकरण, सडक तथा अन्य भौतिक पूर्वाधारको विस्तार गर्ने क्रममा प्राकृतिक वनको विनास हुने र त्यसको नकारात्मक प्रभाव पर्ने भएकोले वनको उपभोगसंगै संरक्षण पनि जरुरी छ । नेपालको वन संरक्षण र व्यवस्थापन कार्यमा परम्परादेखि नै जनताको प्रत्यक्ष संलग्नता हुँदैआएको भए तापनि वैधानिक तवरबाट वि.सं. २०३५ सालमा वन ऐनको संशोधनबाट वनको व्यवस्थापन गर्ने अधिकार र जिम्मेवारी स्थानीय समुदायलाई {सुम्पने प्रकृया शुरु भएको देखिन्छ । |
| ५.२. विद्यमान अवस्था |
| नेपालको कुल क्षेत्रफलको ४८.०८% भूभाग वनले ढाकेको छ -वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रतिवेदन २०८०/८१_ । नेपालको वनलाई व्यवस्थापनका दृष्टिले निजी वन, राष्ट्रिय वन र संरक्षित क्षेत्रमा पर्ने वनका रूपमा वर्गीकरण गरिएको छ । राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, सामदुायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वन र वन संरक्षण क्षेत्र (साविकको संरक्षित वन) को रूपमा व्यवस्थापन हुँदै आएको छ । आ.व. २०८०/०८१ को अन्तसम्ममा सामदुायिक वनतर्फ २३,६८२ उपभोक्ता समूह र २४,९०,१९४ हेक्टर वनक्षेत्र; साझेदारी वनतर्फ ३१ समूह र ७५,६१४ हेक्टर वनक्षेत्र; कबुलियती वन तर्फ ६,९७६ समूह वा संस्था र ४५,८४१.७४ हेक्टर वनक्षेत्र; ७,७३१ गरिबमुखी कबुलियती वन तर्फ ४४,३९८.७४ हेक्टर वनक्षेत्र, २४५ व्यावसायिक कबुलियती वनतर्फ १,४४३ हेक्टर वनक्षेत्र, धार्मिक वनतर्फ १८६ धार्मिक संस्थालाई २८९६.५७ हेक्टर वनक्षेत्र उपलव्ध गराइएको छ भने १० वटा वन संरक्षण क्षेत्रको कुल क्षेत्रफल १,९२,०२७ हेक्टर रहेको छ । जस मध्ये १,०३७ मध्यवर्ती सामुदायिक वनको २,११,२१३.०२ हेक्टर र ७५ वटा मध्यवर्ती कबुलिoती वनको ३००.०१ हेक्टर एवम् ६ वटा मध्यवर्ती धार्मिक वनको ८५.३२ हेक्टर क्षेत्रफल रहेको छ (स्रोतः वार्षिक प्रतिवेदन २०८०/८१, वन तथा वातावरण मन्त्रालय) । |
| ५.३. वन क्षेत्रका प्रमुख समस्या तथा चुनौतीहरूः |
|
६. वातावरण
| ६.१ परिचयः |
|---|
| वातावरण भनेको हावा, पानी, माटो, जीवजन्तु, वनस्पति र मानवबीचको पारस्परिक सम्बन्धको अवस्था हो । स्वच्छ वातावरण जीवन, विकास र पारिस्थितिकीय सन्तुलनका लागि अनिवार्य हुन्छ । वातावरणका खास तीनवटा तत्वहरू रहेका छन् (१) जैविक तत्व (Biotic) जस्तैः जीवजन्तु, वनस्पति, मानव, (२) अजैविक तत्व (Abiotic) जस्तै माटो, पानी, हावा, तापमान, सूर्य र (३) सांस्कृतिक तत्व (Cultural) जस्तैः समाज, संस्कृति, जनसंख्या र प्रविधि । यिनै तत्वहरुको समुचित र सन्तुलित व्यवस्थापनबाट वातावरण संरक्षण गर्न सकिन्छ । नेपालमा कुल वन क्षेत्रको झण्डै ४० प्रतिशत वनक्षेत्र सामुदायिक वन, साझेदारी वन लगायत समुदायमा आधारित वनको रुपमा स्थानीय समुदायबाट संरक्षण तथा व्यवस्थापन हुँदै आएको छ । यसको मुख्य लक्ष्य जनसहभागिताद्वारा वनको दिगो व्यवस्थापन गरी वनबाट प्राप्त हुने वन पैदावार वा वस्तु र सेवाको उत्पादन तथा उत्पादकत्व बढाउनु हो । साथै यस्ता वस्तु वा सेवाको प्रशोधनबाट मूल्य अभिवद्धि गर्नु र त्यसबाट वन व्यवस्थापनमा संलग्न समुदायको सम्वृद्धि र अर्थतन्त्रमा योगदान पुर्याउनु समेत हो । यस प्रकार वनको व्यवस्थापन र उपयोग गर्दा जैविक विविधताको संरक्षण हुनुका साथै निर्णय प्रक्रियामा आदिवासी, जनजाति, महिला, विपन्न वर्ग लगायत स्थानीय समुदायको सहभागिता र लाभको न्यायोचित बाँडफाँडको सुनिश्चितता समेत कायम भएको छ । वातावरण व्यवस्थापन तर्फ हाल सम्म ३५० भन्दा बढी ठूला आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ । हजारौंका संख्यामा रहेका मझौला तथा साना आयोजनाहरूको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भई वातावरण व्यवस्थापन योजना कार्यान्वयन गर्ने प्रयासहरू भइरहेको छ । औद्योगिक प्रतिष्ठानमा नियमित र आकस्मिक अनुगमन गरी मापदण्ड पालना गर्ने, गराउने कार्य भइरहेको छ । सवारी साधनहरूमा प्रदूषण जाँच गर्ने प्रकृया शुरु भएको छ । शहरी क्षेत्रमा विभिन्न प्रकारका वातावरणीय प्रदूषण रोकथाम तथा न्यूनीकरण गर्न फोहरमैला व्यवस्थापन, मापदण्ड विपरीत बनेका पोलिथिनको झोलाको प्रयोगलाई नियन्त्रण र जनचेतनामूलक कार्यक्रमहरू संचालन गरिएको छ । यसैगरी शहरी वन तथा उद्यानका कार्यक्रमहरूबाट प्रदूषण न्यूनीकरण तथा शहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने प्रयास भैरहेको छ (स्रोतः वार्षिक प्रतिवेदन २०८०/८१, वन तथा वातावरण मन्त्रालय) । जलवायु परिवर्तन अनुकूलन क्षमता अभिवृद्धि तथा प्रतिकूल प्रभावको न्यूनीकरणबाट दिगो समाज निर्माणमा योगदान गर्ने लक्ष्य लिएर वन तथा वातावरण मन्त्रालयले काम गरिरहेको हुदा वातावरणमैत्री स्थानीय शासन प्रवर्धनमा वन तथा वातावरण क्षेत्रको भूमिका महत्वपूर्ण रहेको छ । |
| ६.२ नेपालका प्रमुख वातावरणीय समस्या तथा चुनौती |
|
| ६.३ जैविक विविधता र वातावरण |
| नेपाल जैविक विविधता र प्राकृतिक स्रोतसाधनले सम्पन्न देश हो । वन र वातावरण दुवै नेपालको सामाजिक र आर्थिक सन्तुलनका आधार स्तम्भ हुन् । वनले वातावरणीय सन्तुलन कायम राख्न, जलस्रोत संरक्षण गर्न र जनजीविकामा योगदान पुर्याउन प्रमुख भूमिका खेल्दछ । जैविक विविधता संरक्षणले वन फँडानी र वन क्षयीकरण कम गर्न मद्दत गर्दछ । साथै यसले जैविक विविधता संरक्षण, प्राकृतिक श्रोतको प्रवर्धन र वनस्पति, जीवजन्तु, एवं हरियालीको संरक्षण गरी कार्बन संश्लेषण (Carbon Sequestration) गर्न समेत मद्दत गर्दछ । सामुदायिक सहभागिता, नीति कार्यान्वयन र वातावरणमैत्री विकास नीतिबाट मात्र नेपालले दिगो वन व्यवस्थापन र स्वस्थ वातावरण कायम राख्न सक्छ । |
| ६.४ वन र वातावरणबीचको सम्बन्धः |
|