| भूउपयोग योजना | ||||
|---|---|---|---|---|
| परिचय
नेपालको सन्दर्भमा बढ्दो जनसंख्या, आन्तरिक बसाइँसराई, अव्यवस्थित र तीब्र शहरीकरणका कारण कृषि योग्य जमिन, वनजंगल, सरकारी सार्वजनिक जग्गा तथा विभिन्न प्राकृतिक स्रोतहरुमा अत्याधिक चाप पर्न गई वातावरणीय सन्तुलन र दीगो विकासका चुनौती देखा परेको छ । शहरीकरणको साथै बसोबासको आवश्यकता बढ्न गएको र सो को लागि कृषियोग्य जमिन उपयोग भै खाद्य सुरक्षामा असर पर्न गएको छ । शहरी जनसंख्याको मागलाई समाधान गर्न आवास र विभिन्न शहरी पूर्वाधारहरुको निर्माणको क्रममा भूकम्प लगायत प्राकृतिक विपद् र मानव सिर्जित जोखिमहरुको सुरक्षित र दिगो व्यवस्थापनलाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता बोध गरी वातावरणमैत्री र विपद् उत्थानशिल भूउपयोग गर्न राष्ट्रिय भूउपयोग नीति २०७२ जारी भएको छ । व्यवस्थित शहरी विकासको लागि भूमिलाई आवासीय क्षेत्र, बजार क्षेत्र, औद्योगिक क्षेत्र, बसपार्क, हाटबजार, खुला क्षेत्र लगायत विभिन्न उपयोग क्षेत्रमा विभाजन गर्नु पर्दछ । यसरी विभाजन भएको क्षेत्र जे प्रयोजनका लागि छुट्टयाएको हो, सोही प्रयोजनमा मात्र उपयोग गर्न मिल्ने कानूनी व्यवस्था गरी सो को कार्यान्वयन गर्नु तीनै तहका सरकारको दायित्व हो । तथापि भूमिको भूउपयोग योजना तर्जुमा र कार्यान्वयनमा स्थानीय तहको अग्रणी भूमिका रहेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ ले पनि स्थानीय तहलाई आफ्नो क्षेत्रको समग्र विकासका लागि आवश्यक नीति, कानून, निर्देशिका, मापदण्ड एवं विकास योजना तर्जुमा तथा कार्यान्वयन, नियमन र मूल्यांकन गर्ने जिम्मेवारी दिएको छ । स्थानीय तहको एकिकृत र व्यवस्थित विकास योजना तर्जुमा तथा कार्यान्वयनमा जोखिम सम्वेदनशील भूउपयोग योजना निर्माण र कार्यान्वयन एउटा महत्वपूर्ण साधन हो । स्थानीय तहमा प्रकोपजन्य जोखिममा आधारित वातावरणीय भूउपयोग योजना सम्बन्धी तालिमका उद्देश्यहरु देहाय अनुसार हुनेछन्ः
भूउपयोग योजना अन्तर्गतको तालिम मोड्युलमा समेटिन विषयहरुः
भूउपयोग योजनाको मार्गदर्शक सिद्धान्तहरुः
भू-उपयोग योजना तर्जुमा र कार्यान्वयनका चरणहरु
|
| बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड |
|---|
पृष्ठभूमि बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ ले सुरक्षित बस्ती विकास लागि आवश्यक नम्र्स र मापदण्डको व्यवस्था गरेको छ । व्यवस्थित शहरीकरणको लागि फराकिलो सडक, पर्याप्त खुला क्षेत्र, पर्याप्त उज्यालोको लागि भवनहरु निर्माण गर्दा सडकबाट छोड्नु पर्ने दुरी ९क्भत दबअप० भूकम्प र प्रकोपबाट सुरक्षाको लागि अनुमति दिनुपर्ने भवनको उचाई, जग्गाको क्षेत्रफलको अनुपातमा निर्माण गर्न पाउने क्षेत्रफल लगायतको हरेक स्थानीय तहले मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सक्नेछ र ल्याउनु पर्दछ । देशका केही स्थानीय तहहरुमा स्वीकृत भवन निर्माण मापदण्ड लागु भएको अवस्था भएपनि कतिपय निकायहरुमा सो अवस्था नरहेकोले अनियन्त्रित र असुरक्षित वस्तीहरु बढ्दै गईरहेको सन्दर्भमा अनिश्चित विकासलाई नियमन गरी सकारात्मक दिशा तर्पm मार्गनिर्देश गर्न नेपाल सरकारले वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ (पहिलो संसोधन २०७४) लागु गरेको छ । हरेक स्थानीय तहले आफ्नो पालिकाका लागि आफ्नै मापदण्ड बनाई लागु गर्न सक्नेछ । यसैले शहरी विकास मन्त्रालयले तयार गरी लागु गरेको यो मापदण्डलाई आधारभूत मापदण्ड भनिएको हो । हरेक स्थानीय तहले यस आधारभूत मापदण्डका प्रावधान भन्दा खुकुलो नहुने गरी (यो भन्दा सशक्त गर्न चाहे पाउने गरी) आफ्नो मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न पाउनेछन् । तालिम मोड्युलका उद्देश्यहरुः
तालिममा समेटिने विषयहरु
|
| भवन निर्माण संहित (National Building Code) |
|---|
| पृष्ठभूमि
नेपाल भूकम्पीय दृष्टिकोणले अत्यन्तै संवेदनशील क्षेत्रमा रहेको छ । भारतीय प्लेट र तिब्बतीय प्लेटको विपरित दिशा तर्फको चाल (Movement of two large tectonic plates in opposite direction) का कारण नेपालमा सानोतिनो भूकप्पको धक्का बारम्बर र केही निश्चित वर्षको अन्तरालमा ठूला विनाशकारी भूकम्पहरु गइरहने तथ्य सर्वविति भैसकेको छ । वि.सं. १९९०, वि.सं. २०४५ र वि. सं. २०७२ मा गएका विनाशकारी ठूला भूकम्पहरुबाट धनजनको ठूलो क्षती भयो । २०७२ सालको भूकम्पबाट आठ लाख भन्दा बढी निजी निवास, ठूला संख्यामा विद्यालय र स्वास्थ्य संस्थाका भवनहरु र सरकारी कार्यालयहरु पुनर्निर्माण नै गर्नुपर्ने गरी ध्वस्त भए । करिव नौ हजार व्यक्तिको ज्यानै गयो । भूकम्प आफैले मानिस मार्दैन । हामीले निर्माण गरेका कमजोर संरचना भत्केर ज्यान जान्छ । तसर्थ भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्ने अपरिहार्य छ । यसै तथ्यलाई मनन गरी नेपाल सरकारले राष्ट्रिय भवन निर्माण संहिता (National Building Code – NBC निर्माण गरी वि.सं. २०६० देखि कार्यान्वयनमा ल्याएको छ । शुरुमा तात्कालिन ५८ नगरपालिका र जिल्ला सदरमुकाम रहेका गाउँपालिकामा अनिवार्य पालना गर्नुपर्ने गरी लागु गरिएको यो संहिता हाल देशका सबै स्थानीय तहमा अनिवार्य रुपमा लागु गरिएको छ । भवन निर्माण संहिताले सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने तरिका, सुरक्षित डिजाइन, नक्सा पास गर्दा अनिवार्य पालना गर्नुपर्ने आर्किटेक्चरल, इलेक्ट्रिकल, स्यानिटेरी, अग्नि नियन्त्रण लगायतका प्रावधानहरु सम्बन्धमा व्यवस्था गरेको छ । राष्ट्रिय भवनसंहिताले केवल ठूला र अत्याधुनिक आरसीसी भवनहरुको लागि मात्र नभै सामान्य भवनहरुलाई पनि कसरी भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञान र विधि समेटेको छ । राष्ट्रिय भवनसंहिता (National Building Code) सम्बन्धी तालिमका उद्देश्यहरुः
तालिममा समेटिने विषयवस्तुहरु
|
| वातावरणमैत्री स्थानीय शासन संगको सम्वन्ध |
|---|
| माथिका खण्डहरुमा उल्लिखित तिनवटै विषयहरु व्यवस्थित शहरीकरण र शहरी वातावरण सुधार संग सम्वन्धित छन् । यसको अर्थ वातावरणमैत्री स्थानीय शासनका अभिन्न अवयवका रुपमा यि विषयहरुको विशेष भूमिका रहेको छ । शहरीकरणको आधारभूत शर्त नै भू-उपयोग योजनाको तर्जुमा र कार्यान्वयन हो । आवास क्षेत्र, औद्योगिक क्षेत्र, खुल्ला क्षेत्र, सडक, नदी किनारको सौन्दर्यीकरण, कृषि क्षेत्र लगायतका क्षेत्रहरुको वर्गिकरण र सोही अनुरुपको उपयोग वाट नै सफा, स्वच्छ, सुविधा सम्पन्न र व्यवस्थित शहरको निर्माण सम्भव छ । शहरीकरणलाई व्यवस्थित वनाउने जिम्मेवारीमा संघ, प्रदेश र स्थानीय तह अन्र्तगतका विभिन्न निकायहरुको भूमिका रहेको भए तापनि प्रथम जिम्मेवारी स्थानीय तहको हुने भएको हुदा स्थानीय शासन र भू-उपयोग, वस्ती विकासको मापदण्ड एवं भवन संहिताको कार्यान्वयन आपसमा अन्तर सम्बन्धित छन् । भू-उपयोग योजना कसरी तर्जुमा भएको छ, कार्यान्वयनको अवस्था कस्तो छ, शहरीकरणका आधारभूत मापदण्ड र सुरक्षित भवन निर्माणको अवस्था कस्तो छ भन्ने जस्ता कार्यको समग्र मूल्यांकन वाट नै स्थानीय शासन र सेवा प्रवाहको अवस्था मापन हुने भएकोले यी विषयहरुमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको छ । |
| स्थानीय सरकारको भूमिका |
|---|
|